Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्याब्सन बागमतीद्वारा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS)’ सम्बन्धी तालिम सम्पन्न

प्याब्सन बागमतीद्वारा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS)’ सम्बन्धी तालिम सम्पन्न

  • 184
    SHARES

  • प्याब्सन बागमतीद्वारा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS)’ सम्बन्धी तालिम सम्पन्न

    हेटौंडा, असार २८। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बागमती प्रदेश कार्यसमितिको आयोजनामा ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (Continuous Assessment System–CAS)’ सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्याब्सन बागमती प्रदेश अध्यक्ष मुरारी प्रकाश सन्जेलको अध्यक्षता रहेको थियो। कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका प्याब्सनका पदाधिकारी, विद्यालय सञ्चालक, प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको व्यवस्थापन तथा संयोजन प्याब्सन मकवानपुर कार्यसमितिले गरेको थियो।

    1783907421299~2.jpg

    तालिममा विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS) प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विधि, विद्यार्थीको सिकाइ उपलब्धिको नियमित मूल्याङ्कन, अभिलेखीकरण, प्रतिपुष्टि प्रदान गर्ने प्रक्रिया तथा विद्यार्थीकेन्द्रित सिकाइलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    आयोजकका अनुसार तालिमले परम्परागत परीक्षामुखी मूल्याङ्कन प्रणालीलाई व्यवहारिक, विद्यार्थीमैत्री तथा सिकाइ सुधारमुखी बनाउने, साथै विद्यार्थीको ज्ञान, सीप, क्षमता र व्यवहारको समग्र मूल्याङ्कन गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गरेको छ।

    प्याब्सनले यस तालिमबाट सहभागी शिक्षक तथा विद्यालय व्यवस्थापनका प्रतिनिधिले विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली (CAS) प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक ज्ञान, सीप तथा व्यवहारिक अनुभव हासिल गरेको विश्वास व्यक्त गरेको छ। साथै, यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा पनि गरिएको छ।

    images
    सोमवार, आषाढ २९ २०८३०७:३४:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार