Oct 02 2026 | २०८३, आश्विन १६ गते

होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री, शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री, शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

  • 226
    SHARES

  • होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री, शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

    काठमाडौं, असार २९। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रत्येक बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

    सोमबार भक्तपुरस्थित खरिपाटी र बोडेका होल्डिङ सेन्टरमा रहेका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्दै मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका बालबालिकाको पठनपाठनमा आवश्यक सहयोग, समन्वय र शैक्षिक अवसरको निरन्तर सुनिश्चितता गरिने बताए।

    उनले अस्थायी बसोबासमा रहेका बालबालिका पनि गुणस्तरीय शिक्षाबाट वञ्चित हुन नहुने उल्लेख गर्दै शिक्षा र खेलकुदमार्फत उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिए।

    भक्तपुरका खरिपाटी र बोडेस्थित होल्डिङ सेन्टरमा सुकुम्बासी बस्तीका बालबालिका बस्दै आएका छन्। उनीहरूको नियमित पठनपाठनमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्री पोखरेलले बालबालिकाको शिक्षामा पहुँच विस्तार, सिकाइ वातावरणको सुधार तथा उनीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सरकार निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

    images
    मंगलवार, आषाढ ३० २०८३०७:०४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार