Jul 27 2026 | २०८३, श्रावण ११ गते

त्रिविद्वारा चार भारतीय विश्वविद्यालयका उपाधिको समकक्षता रद्द

त्रिविद्वारा चार भारतीय विश्वविद्यालयका उपाधिको समकक्षता रद्द

  • 302
    SHARES

  • त्रिविद्वारा चार भारतीय विश्वविद्यालयका उपाधिको समकक्षता रद्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चार भारतीय विश्वविद्यालयबाट प्राप्त उपाधिका आधारमा यसअघि प्रदान गरिएका समकक्षता पत्रहरू रद्द गरेको छ।

    केन्द्रले मंगलबार सार्वजनिक सूचना जारी गर्दै भारतको मेघालयस्थित CMJ University (Jorabat) र Techno Global University (Shillong), मणिपुरस्थित Sangai International University तथा झारखण्डस्थित Pragyan International University बाट प्राप्त उपाधिका आधारमा जारी गरिएका समकक्षता पत्रहरू रद्द गरिएको जनाएको हो।

    केन्द्रका अनुसार समकक्षता रद्द गर्ने सम्बन्धमा यसअघि गोरखापत्र दैनिकमार्फत ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। उक्त अवधिसमेत पूरा भइसकेपछि सम्बन्धित व्यक्तिहरूले पेश गरेका कागजातबाट समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार नदेखिएकाले त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता पत्रहरू रद्द गरिएको हो।

    केन्द्रले सम्बन्धित सबै सरोकारवालालाई उक्त निर्णयबारे जानकारी गराउँदै रद्द गरिएका समकक्षता पत्रहरूको विवरण सार्वजनिक गरेको छ।

    Messenger_creation_1884BA7D-E9A1-4176-8D1D-56A12BB43A99.jpeg

    images
    बुधवार, आषाढ ३१ २०८३०७:५३:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार