Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

  • 174
    SHARES

  • शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

    काठमाडौं, साउन १। शिक्षक सेवा आयोगमा रिक्त रहेको अध्यक्ष तथा एक महिलासहित दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। सिफारिस समितिले स्वीकृत गरेको "शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३" बमोजिम योग्य नेपाली नागरिकबाट आवेदन मागिएको हो।

    सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ साउन १५ गते कार्यालय समयभित्र, शिक्षक सेवा आयोगको सचिवालयमा रीतपूर्वक दरखास्त पेश गर्नुपर्नेछ।

    आवेदनका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने, नियुक्तिभन्दा कम्तीमा दुई वर्षअघि देखि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने तथा ४० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै कानून, शिक्षा वा प्रशासन क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव आवश्यक पर्नेछ। अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव अनिवार्य गरिएको छ।

    उम्मेदवारले आवेदनसँग नागरिकता, शैक्षिक योग्यताका प्रमाणपत्र, अनुभव प्रमाणपत्र, व्यक्तिगत विवरण, उमेर खुल्ने प्रमाण, पासपोर्ट साइजका दुई फोटो, स्वःघोषणा, राजनीतिक दलको सदस्य नरहेको घोषणापत्र तथा रु. ५,००० दरखास्त दस्तुर बुझाएको बैंक भौचर पेश गर्नुपर्नेछ।

    यसैगरी उम्मेदवारले ५,००० शब्दभित्रको अवधारणापत्रसहित व्यावसायिक कार्ययोजना तयार गरी तोकिएबमोजिम तीन प्रति तथा हार्डकपी र सफ्टकपी (पेन ड्राइभमा) सिलबन्दी गरेर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

    रीतपूर्वक प्राप्त भएका दरखास्तहरूको मूल्याङ्कन कार्यविधिअनुसार गरी योग्यताक्रम निर्धारण गरिने र उच्चतम अंक प्राप्त उम्मेदवारलाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा एक महिलासहित दुई सदस्य पदमा नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गरिने जनाइएको छ।

    दरखास्त फाराम, कार्यविधि तथा विस्तृत सूचना शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षक सेवा आयोगको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिने आयोगले जनाएको छ।

    FB_IMG_1784255307073~2.jpgFB_IMG_1784255309108~2.jpg

    images
    शुक्रवार, श्रावण १ २०८३०९:१२:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार