Jul 27 2026 | २०८३, श्रावण ११ गते

'मास्टर्नी' चलचित्रको गीतप्रति नेपाल शिक्षक संघको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

'मास्टर्नी' चलचित्रको गीतप्रति नेपाल शिक्षक संघको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

  • 157
    SHARES

  • 'मास्टर्नी' चलचित्रको गीतप्रति नेपाल शिक्षक संघको आपत्ति, सार्वजनिक क्षमायाचनाको माग

    काठमाडौं। नेपाल शिक्षक संघले प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र 'मास्टर्नी' को प्रचारप्रसारका क्रममा सार्वजनिक गरिएको गीतप्रति गम्भीर आपत्ति जनाएको छ। संघले उक्त गीतमा महिला शिक्षक तथा शिक्षण पेशाको गरिमामाथि आघात पुग्ने शब्द, दृश्य र प्रस्तुतिको प्रयोग गरिएको भन्दै तत्काल सच्याउन माग गरेको हो।

    संघले जारी गरेको विज्ञप्तिमा शिक्षक समाज निर्माणका प्रमुख आधारस्तम्भ भएको उल्लेख गर्दै शिक्षक तथा शिक्षण पेशाको सम्मान, मर्यादा र सामाजिक प्रतिष्ठामा आँच पुग्ने कुनै पनि अभिव्यक्ति वा सामग्री स्वीकार्य नहुने स्पष्ट गरेको छ। विशेषगरी महिला शिक्षकलाई लक्षित गरी प्रयोग गरिएका अपमानजनक, अशोभनीय तथा विभेदपूर्ण भाषा र दृश्यले सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा चोट पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    नेपाल शिक्षक संघले चलचित्रका निर्माता, निर्देशक तथा कलाकारलाई सार्वजनिक गरिएको सामग्री पुनरावलोकन गरी आपत्तिजनक अंश तत्काल हटाउन तथा शिक्षक समुदायसँग सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ।

    संघले यस्ता सामग्रीलाई निरन्तरता दिइए शिक्षकको मर्यादा र पेशागत सम्मानको संरक्षणका लागि आवश्यक दबाबमूलक कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

    विज्ञप्तिमा सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि सिर्जनाले अन्य पेशा, समुदाय वा व्यक्तिको गरिमामा आँच पु¥याउनु नहुने स्पष्ट धारणा व्यक्त गरिएको छ।

    नेपाल शिक्षक संघले सम्पूर्ण शिक्षक समुदाय, अभिभावक, सञ्चारमाध्यम तथा सरोकारवाला निकायलाई शिक्षण पेशाको सम्मान र सामाजिक मर्यादा कायम राख्न सहयोग र ऐक्यबद्धता जनाउन समेत अनुरोध गरेको छ।

    FB_IMG_1784297615184.jpg

    images
    शुक्रवार, श्रावण १ २०८३०९:२४:४९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार