Jul 27 2026 | २०८३, श्रावण ११ गते

चेपाङ बस्तीको विद्यालय पुगेर शिक्षामन्त्रीको चासो, गुणस्तरीय शिक्षाका लागि सहयोगको प्रतिबद्धता

चेपाङ बस्तीको विद्यालय पुगेर शिक्षामन्त्रीको चासो, गुणस्तरीय शिक्षाका लागि सहयोगको प्रतिबद्धता

  • 140
    SHARES

  • चेपाङ बस्तीको विद्यालय पुगेर शिक्षामन्त्रीको चासो, गुणस्तरीय शिक्षाका लागि सहयोगको प्रतिबद्धता

    चितवन, २ साउन। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वी चितवनको राप्ती नगरपालिका–१२, याउरालीटारस्थित चेपाङ समुदायका बालबालिका अध्ययनरत श्रीगणेश माध्यमिक विद्यालयको शुक्रबार स्थलगत अनुगमन गरेका छन्।

    अनुगमनका क्रममा मन्त्री पोखरेलले विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, आवासीय व्यवस्थापन तथा शिक्षण–सिकाइको अवस्थाबारे जानकारी लिएका थिए। उनले शिक्षक, कर्मचारी तथा विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया गर्दै विद्यालयले भोगिरहेका समस्या, चुनौती र आवश्यकताबारे छलफल गरेका थिए।

    छलफलमा सहभागी शिक्षक, कर्मचारी तथा अभिभावकहरूले विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, शैक्षिक स्रोत–साधनको व्यवस्थापन, आवासीय सुविधाको विस्तार तथा स्थानीय स्तरमा देखिएका विभिन्न समस्याबारे मन्त्रीसमक्ष सुझाव राखेका थिए। साथै चेपाङ समुदायका बालबालिकाको विद्यालय पहुँच, नियमित अध्ययन र गुणस्तरीय शिक्षामा देखिएका चुनौतीबारे पनि ध्यानाकर्षण गराइएको थियो।

    अनुगमनपछि मन्त्री पोखरेलले दुर्गम तथा सीमान्तकृत समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। यस्ता विद्यालयले सामना गरिरहेका समस्या समाधानका लागि शिक्षा तथा खेलकुद मन्त्रालय आवश्यक समन्वय र पहल गर्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।

    अनुगमनमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य प्रभा ढकाल, शिक्षा तथा खेलकुद मन्त्रालयका सल्लाहकार शैलेन्द्र झा तथा मन्त्रीका सल्लाहकार सरोज गौतमलगायतको सहभागिता रहेको थियो।

    images
    शनिवार, श्रावण २ २०८३०८:३८:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार