Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षा क्षेत्रका समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलसँग शिक्षक महासङ्घको छलफल

शिक्षा क्षेत्रका समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलसँग शिक्षक महासङ्घको छलफल

  • 223
    SHARES

  • शिक्षा क्षेत्रका समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलसँग शिक्षक महासङ्घको छलफल

    काठमाडौं, साउन ४ — नेपाल शिक्षक महासङ्घले शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा नेपाली कांग्रेस संसदीय दलका नेताहरूसँग छलफल गरेको छ।

    सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारबीच विगतमा भएका सहमति, शिक्षा ऐन, मन्त्रिपरिषद्को ९ बुँदे निर्णय कार्यान्वयन, संशोधित शिक्षा नियमावली तथा बालशिक्षाका शिक्षक, विद्यालय कर्मचारी र शिक्षण–सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूमाथि भइरहेको विभेदलगायतका विषयमा विस्तृत छलफल भएको हो।

    FB_IMG_1784604852433~2.jpg

    छलफलमा नेपाली कांग्रेस प्रतिनिधिसभा दलका नेता भिष्मराज आङ्देम्बे, राष्ट्रियसभा दलकी नेता कमला पन्त, दुवै सदनका प्रमुख सचेतक वासना थापा र पदम परियार, साथै सांसद प्रमिला गच्छदार र धर्मेन्द्र पासवान लगायतको सहभागिता रहेको थियो।

    शिक्षक महासङ्घले शिक्षा क्षेत्रका समस्या समाधान, विगतका सहमति कार्यान्वयन तथा शिक्षक–कर्मचारीका जायज माग सम्बोधनका विषयमा सांसदहरूको ध्यानाकर्षण गराएको जनाएको छ।

    छलफलमा सहभागी पक्षहरूले शिक्षा क्षेत्रका देखिएका समस्याको समाधानका लागि आवश्यक पहल र निरन्तर संवादलाई अगाडि बढाउने विषयमा पनि विचार आदानप्रदान गरेका थिए।

    नेपाल शिक्षक महासङ्घले छलफलमा सहभागी सबै सांसद तथा प्रतिनिधिप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा क्षेत्रका साझा मुद्दामा सकारात्मक सहकार्यको अपेक्षा गरेको जनाएको छ।

    images
    मंगलवार, श्रावण ५ २०८३०९:५६:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार