Jul 27 2026 | २०८३, श्रावण ११ गते

मौलिक संस्कृति प्रवर्द्धनका लागि ‘वर्ल्ड कल्चरल डान्स कम्पिटिसन भोलि हुने।

मौलिक संस्कृति प्रवर्द्धनका लागि ‘वर्ल्ड कल्चरल डान्स कम्पिटिसन भोलि हुने।

  • 169
    SHARES

  • मौलिक संस्कृति प्रवर्द्धनका लागि ‘वर्ल्ड कल्चरल डान्स कम्पिटिसन भोलि हुने।

    काठमाडौं । नेपाली मौलिक लोककला, संस्कृति र परम्पराको संरक्षण तथा विश्वस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘वर्ल्ड कल्चरल डान्स कम्पिटिसन–२०२६’ आयोजना हुने भएको छ।

    विश्व सांस्कृतिक सम्पदा परिषद् (World Cultural Heritage Council), लन्डन (यूके) को आयोजनामा, प्याब्सन काठमाडौंको सहकार्य तथा गोकर्णेश्वर नगरपालिकास्थित नव सुन्ताखान एकेडेमीको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

    IMG-20260724-WA0020~2.jpg

    प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ विद्यालय सहभागी हुने आयोजकले जानकारी दिएको छ। प्रत्येक विद्यालयबाट एक टोलीले मात्र सहभागिता जनाउन पाउनेछ भने टोलीमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी समावेश हुनेछन्। 

    प्रतियोगितामा नेपाली मौलिक लोकसंस्कृति झल्किने गीतमा आधारित नृत्य मात्र प्रस्तुत गर्न पाइनेछ। रिमिक्स गीत वा एकभन्दा बढी गीत मिसाएर तयार गरिएको प्रस्तुति स्वीकार गरिने छैन। प्रत्येक टोलीलाई अधिकतम ६ मिनेटको समय दिइनेछ र समयसीमा नाघेमा प्रस्तुति मूल्याङ्कनमा समावेश नगरिने आयोजकले जनाएको छ।

    IMG-20260724-WA0034~2.jpg

    कम्पिटिसनमा आयोजकले तोकेको समयमा उपस्थित नभएका टोलीले अन्तिममा प्रस्तुति दिन पाउने भए पनि उनीहरूको प्रस्तुति प्रतिस्पर्धात्मक मूल्याङ्कनमा समावेश गरिने छैन।

    प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई क्रमशः रु. २५ हजार, रु. १५ हजार, रु. १० हजार तथा रु. ५–५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै उत्कृष्ट १० विद्यालयसम्मलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागी सबै विद्यालय, विद्यार्थी र नृत्य निर्देशकलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

    निर्णायकहरूले प्रस्तुतीकरण, कोरियोग्राफी, ताल, मुद्राभाव, भेषभूषा तथा हाउभाउ (भाव र लय) का आधारमा प्रस्तुतीको मूल्याङ्कन गर्नेछन्।

    images
    शुक्रवार, श्रावण ८ २०८३०८:१२:३१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार