Jul 27 2026 | २०८३, श्रावण ११ गते

एमबीएसको प्रश्नपत्र सार्वजनिक भएको घटनामा त्रिविद्वारा छानबिन समिति गठन

एमबीएसको प्रश्नपत्र सार्वजनिक भएको घटनामा त्रिविद्वारा छानबिन समिति गठन

  • 311
    SHARES

  • एमबीएसको प्रश्नपत्र सार्वजनिक भएको घटनामा त्रिविद्वारा छानबिन समिति गठन

    काठमाडौं, साउन १० । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय (डीनको कार्यालय) ले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    व्यवस्थापन संकायको परीक्षा सञ्चालन समितिले आइतबार जारी गरेको विज्ञप्तिअनुसार Master of Business Studies (MBS) प्रथम सत्रको MGT 515: Organizational Behavior विषयको परीक्षा साउन ८ गते सञ्चालन भइरहेका बेला विभिन्न सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक भएको विषयमा गम्भीर छानबिन गरिने भएको हो।

    डीनको कार्यालयले उक्त घटनाले परीक्षाको मर्यादा, निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाएको छ।

    समितिले प्रश्नपत्र बाहिरिएको भए कसरी, कसबाट र कुन प्रक्रियामार्फत बाहिरियो भन्ने विषयमा सत्यतथ्य अनुसन्धान गर्ने तथा दोषी पहिचान भएपछि आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी पाएको छ।

    व्यवस्थापन संकाय परीक्षा सञ्चालन समितिको साउन १० गते बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको डीनको कार्यालयले जनाएको छ।

    FB_IMG_1785054400065.jpg

    images
    आइतवार, श्रावण १० २०८३०२:१७:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार