Jul 27 2026 | २०८३, श्रावण ११ गते

प्रधानाध्यापक नेतृत्व क्षमता विकाससम्बन्धी एकदिने तालिम सम्पन्न

प्रधानाध्यापक नेतृत्व क्षमता विकाससम्बन्धी एकदिने तालिम सम्पन्न

  • 321
    SHARES

  • प्रधानाध्यापक नेतृत्व क्षमता विकाससम्बन्धी एकदिने तालिम सम्पन्न

    काठमाडौं/मकवानपुर। प्रधानाध्यापक संघ नेपाल [Principals Association of Nepal (PAN)] मकवानपुर समितिको आयोजनामा "प्रधानाध्यापक नेतृत्व क्षमता विकाससम्बन्धी एकदिने तालिम" सफलतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने PAN का केन्द्रीय अध्यक्ष सुदाम प्रसाद गौतम तथा हेटौंडा उपमहानगरपालिका वडा अध्यक्ष एवं भुटनदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।

    PAN मकवानपुरका अध्यक्ष विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाभरका ७१ भन्दा बढी प्रधानाध्यापकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

    तालिमअन्तर्गत PAN का सह कोषाध्यक्ष तथा एआई (AI) विशेषज्ञ  हिमाल के.सी.ले "Artificial Intelligence (AI) in Education" विषयमा प्रशिक्षण दिनुभएको थियो। त्यसैगरी, डा. इन्द्रमणि श्रेष्ठले "STEAM Connection in Leadership Development" विषयमा सहजीकरण गर्नुभएको थियो। दुवै प्रशिक्षण सत्र ज्ञानवर्धक, व्यवहारिक तथा नेतृत्व विकासमा उपयोगी रहेको सहभागीहरूले बताएका छन्।

    FB_IMG_1785074937193.jpg

    आयोजकका अनुसार प्रधानाध्यापकहरूको नेतृत्व क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक प्रविधिको प्रभावकारी प्रयोग तथा विद्यालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

    कार्यक्रमले सहभागी प्रधानाध्यापकहरूबीच अनुभव आदान–प्रदान, नवीन शैक्षिक अवधारणाबारे छलफल तथा व्यावसायिक सञ्जाल विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास गरिएको छ।

    images
    आइतवार, श्रावण १० २०८३०८:००:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार