Jul 29 2026 | २०८३, श्रावण १३ गते

शिक्षण सिकाइ अनुदान शिक्षकको चेतावनी: सेवा–सुविधा नबढे सामूहिक राजीनामा दिने

शिक्षण सिकाइ अनुदान शिक्षकको चेतावनी: सेवा–सुविधा नबढे सामूहिक राजीनामा दिने

  • 82
    SHARES

  • शिक्षण सिकाइ अनुदान शिक्षकको चेतावनी: सेवा–सुविधा नबढे सामूहिक राजीनामा दिने

    काठमाडौं, साउन ११ । संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले तलब वृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका मागहरू सम्बोधन नगरे देशभरका शिक्षक सामूहिक रूपमा राजीनामा दिन बाध्य हुने चेतावनी दिएका छन्।

    शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लामो समयदेखि देशभरका सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी जस्ता महत्वपूर्ण तथा चुनौतीपूर्ण विषय अध्यापन गर्दै आए पनि उनीहरूको सेवा, समर्पण र योगदानको उचित मूल्याङ्कन हुन नसकेको उल्लेख गरिएको छ।

    समितिका अनुसार हाल सार्वजनिक भएको बजेट तथा सरकारी नीतिमा अनुदान शिक्षकहरूको तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता लगायतका आधारभूत मागहरू सम्बोधन नगरिएकाले देशभर कार्यरत शिक्षकहरूमा गहिरो निराशा र असन्तुष्टि बढेको छ।

    विज्ञप्तिमा समान जिम्मेवारी निर्वाह गर्दा पनि विभेदपूर्ण व्यवहार भइरहेको भन्दै सम्बन्धित निकायले यथाशीघ्र सम्मानजनक सेवा–सुविधा सुनिश्चित गर्न आग्रह गरिएको छ। मागहरू बेवास्ता गरिए देशभरका शिक्षण सिकाइ अनुदान शिक्षकहरू सामूहिक रूपमा राजीनामा दिन बाध्य हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी पनि दिइएको छ।

    समितिले नेपाल सरकारसँग शिक्षकहरूको योगदानको सम्मान गर्दै तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता लगायतका मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेको छ। साथै, सरकारले छिटो सकारात्मक निर्णय नगरे संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत सबै शिक्षकलाई सामूहिक राजीनामाका लागि तयारी अवस्थामा रहन पनि आह्वान गरिएको छ।

    केन्द्रीय समितिका अध्यक्ष बलवीर सिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष कौशिक चन्द्र शर्मा र महासचिव सञ्जय सिमत्सिनाले विज्ञप्तिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

    FB_IMG_1785211195879.jpg

    images
    मंगलवार, श्रावण १२ २०८३०९:४९:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार