Oct 02 2026 | २०८३, आश्विन १६ गते

सुरक्षा संवेदनशीलता बढेपछि शुक्रबार धनुषाका निजी विद्यालय बन्द गर्ने निर्णय

सुरक्षा संवेदनशीलता बढेपछि शुक्रबार धनुषाका निजी विद्यालय बन्द गर्ने निर्णय

  • 237
    SHARES

  • सुरक्षा संवेदनशीलता बढेपछि शुक्रबार धनुषाका निजी विद्यालय बन्द गर्ने निर्णय

    जनकपुरधाम, साउन १४ — सुनसरीलगायत देशका विभिन्न जिल्लामा हालै भएका हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै धनुषाका निजी विद्यालय तथा क्याम्पसहरूले शुक्रबार (साउन १५) पठनपाठन स्थगित गर्ने निर्णय गरेका छन्।

    हिसान धनुषा, एन–प्यावसन, प्यावसन र एम–प्यावसनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पछिल्ला घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    संयुक्त विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ। साथै वर्तमान तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सम्बन्धित पक्षबीच तत्काल संवादको वातावरण सिर्जना गरी सामाजिक सद्भाव, आपसी समन्वय र शान्तिपूर्ण समाधानतर्फ अघि बढ्न आग्रह गरिएको छ।

    विगत केही दिनयता विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि र बजार बन्दका आह्वानका कारण विद्यार्थीहरूको विद्यालय आवतजावतमा कठिनाइ उत्पन्न भएको भन्दै आबद्ध सबै निजी विद्यालय तथा क्याम्पसमा साउन १५ गते शुक्रबार पठनपाठन स्थगन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

    संगठनहरूले विद्यालयबाट घर फर्कने क्रममा विद्यार्थीहरूको सुरक्षित आवागमनमा आवश्यक सहजीकरण गरिदिन सम्बन्धित सबै पक्षसँग अनुरोध गरेका छन्।

    संयुक्त विज्ञप्तिअनुसार साउन १८ गते सोमबारदेखि विद्यालय तथा क्याम्पसहरू नियमित समयमै सञ्चालन हुनेछन्।

    images
    बिहिवार, श्रावण १४ २०८३०६:२३:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार