आइतवार, श्रावण १० २०७८
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टका छोराछोरी सामुदायिक बिद्यालय पढाउने भएका छन। सामुदायिक बिद्यालयको स्तर उन्नतृमा जोड दिन र उच्च अहोदाका मानिसले समेत पढाउन प्रेरित गर्न मुख्यमन्त्री ले यस्तो निर्णय गरेको बताए !
कञ्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन। कार्यक्रममा मन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गरे ।
“सरकारी विद्यालय खोल्न जति जोड गर्दछौँ । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन”, उनले भने, “त्यसको समीक्षा हुनु जरुरी छ ।” सरकारको विद्यालयमा लगानी धेरै छ, लगानीअनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उनले बताए ।
मन्त्री भट्टले भने “म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्”, उनले भने “विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन् । आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ यसको खोजी गरिनुपर्छ ।”
मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गगर्दै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताए । शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी पनि उनले दिए ।
कार्यक्रम मा बोल्दै मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान गरिनुपर्ने समेत बताएका छन् ।