Oct 02 2026 | २०८३, आश्विन १६ गते

पहिलोपटक ‘राजनीतिक हस्तक्षेपबिनै खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेका छौँ’ : शिक्षामन्त्री पोखरेल

पहिलोपटक ‘राजनीतिक हस्तक्षेपबिनै खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेका छौँ’ : शिक्षामन्त्री पोखरेल

  • 401
    SHARES

  • पहिलोपटक ‘राजनीतिक हस्तक्षेपबिनै खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरेका छौँ’ : शिक्षामन्त्री पोखरेल

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नेपालका सबै विश्वविद्यालयमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत राजनीतिक हस्तक्षेपविना उपकुलपति नियुक्त गरिएको दाबी गरेका छन्।

    प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री पोखरेलले सरकारले विज्ञहरूको छनोट टोलीमार्फत पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट उपकुलपति नियुक्ति गरेको बताए। उनले यसलाई उच्च शिक्षामा सुशासन, पारदर्शिता र योग्यतामा आधारित नेतृत्व स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरे।

    मन्त्री पोखरेलले भने, "सम्भवतः नेपालमा पहिलो पटक सम्पूर्ण विश्वविद्यालयहरूमा खुला प्रतिस्पर्धामार्फत कुनै पनि राजनीतिक हस्तक्षेप नभईकन विज्ञ टोली गठन गरेर उपकुलपतिहरूको नियुक्ति गरेका छौं।" उनका अनुसार सरकारले उच्च शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव कम गर्दै योग्यता, क्षमता र प्रतिस्पर्धालाई प्राथमिकता दिने नीति अवलम्बन गरेको छ।

    यसले विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर, संस्थागत सुशासन र अनुसन्धानमुखी वातावरण सुदृढ बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

    मन्त्री पोखरेलको उक्त अभिव्यक्ति संसद्मा उच्च शिक्षा सुधार तथा विश्वविद्यालय व्यवस्थापनबारे भएको छलफलका क्रममा आएको हो।

    images
    शुक्रवार, श्रावण १५ २०८३१०:५३:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार