Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त

त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त

  • 187
    SHARES

  • त्रिवि कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त

    काठमाडौं, साउन १५। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद्ले पूर्णता पाएको छ। लामो समयदेखि रिक्त रहेका कार्यकारी परिषद्का चार सदस्य पदमा नियुक्ति भएपछि परिषद्ले पूर्णता पाएको हो।

    त्रिविका उपकुलपति प्रा.डा. भोला थापाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन प्रा.डा. मोहनराज शर्मा, कानून संकायका डिन प्रा.डा. दीननाथ पराजुली, वनस्पतीशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. विजया पन्त तथा भूगोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटालाई कार्यकारी परिषद् सदस्यमा नियुक्त गर्नुभएको हो। उक्त जानकारी त्रिविका प्रवक्ता नवीन्द्र भण्डारीले दिएका छन्।

    कार्यकारी परिषद् त्रिभुवन विश्वविद्यालयको प्रमुख कार्यकारी निकाय हो। यसले विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, आर्थिक तथा कर्मचारी व्यवस्थापनसँग सम्बन्धित नीतिगत निर्णय गर्ने जिम्मेवारी वहन गर्छ।

    लामो समयदेखि रिक्त रहेका सदस्य पदहरू पूर्ति भएसँगै विश्वविद्यालयका महत्त्वपूर्ण नीतिगत निर्णय, प्रशासनिक प्रक्रिया तथा शैक्षिक गतिविधि थप प्रभावकारी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।

    यद्यपि, नियुक्त भएका प्रा.डा. कन्हैया सापकोटाको नाम विगतमा प्रकाशित एक अनुसन्धानसम्बन्धी साहित्यिक चोरी (प्लेजरिज्म) आरोपसँग जोडिँदै सार्वजनिक बहसमा आएको थियो।

    images
    शनिवार, श्रावण १६ २०८३०८:१२:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार