Oct 02 2026 | २०८३, आश्विन १६ गते

डाइनामिक एजुकेसन एसोसिएसनद्वारा अन्तर-विद्यालय क्विज कम्पिटिसन सम्पन्न

डाइनामिक एजुकेसन एसोसिएसनद्वारा अन्तर-विद्यालय क्विज कम्पिटिसन सम्पन्न

  • 1.1K
    SHARES

  • डाइनामिक एजुकेसन एसोसिएसनद्वारा अन्तर-विद्यालय क्विज कम्पिटिसन सम्पन्न

    काठमाडौं, साउन १७ – डाइनामिक एजुकेसन एसोसिएसन (डिन)को आयोजनामा अन्तर-विद्यालय क्विज कम्पिटिसन सम्पन्न भएको छ। विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच, सामान्य ज्ञान तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २० विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

    IMG-20260801-WA0074.jpg

    प्रतियोगितामा माउन्ट सेब सेकेन्डरी स्कुल ले प्रथम स्थान हासिल गर्यो। त्यसैगरी लालीगुराँस बाटिका सेकेन्डरी स्कुल द्वितीय, क्रिएसन एकेडेमी तृतीय, नवज्योति सेकेन्डरी स्कुल चतुर्थ, ज्ञानमाला इङ्ग्लिस हाई स्कुल पाँचौँ तथा सुभाष गुरुकुल नेशनल एकेडेमी छैटौँ स्थान हासिल गर्दै पुरस्कृत भए। पुरस्कृत हुने विद्यालयहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

    IMG-20260801-WA0078.jpg

    कार्यक्रमका प्रमुख सल्लाहकार तथा प्याब्सन काठमाडौँका उपाध्यक्ष सूर्यबहादुर भण्डारीले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै डाइनामिक एजुकेसन एसोसिएसनले शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले सहभागी सबै विद्यार्थीलाई प्रतियोगितालाई सिकाइको अवसरका रूपमा लिन र अझ मेहनतका साथ अघि बढ्न प्रेरित गर्नुभयो।

    IMG-20260801-WA0091.jpg

    प्याब्सन काठमाडौँ जिल्ला सचिव कृष्ण भण्डारीले अन्तर-विद्यालय क्विज विद्यार्थीका लागि उत्कृष्ट सिकाइको मञ्च बनेको बताउँदै विद्यालयहरूबीचको सम्बन्ध थप सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी रहेको धारणा राख्नुभयो। उहाँले विद्यार्थीमा नैतिक व्यवहार, अनुशासन र असल चरित्र निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    IMG-20260801-WA0066.jpg

    कार्यक्रमका प्रमुख अतिथी तथा प्याब्सन केन्द्रका सह-अध्यक्ष गोपाल आचार्यले कुनै पनि विद्यार्थी उपेक्षित हुन नदिनु शिक्षकको पहिलो दायित्व भएको उल्लेख गर्दै विद्यालयको सफलता शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापनबीचको सहकार्यबाट सम्भव हुने बताउनुभयो। उहाँले जिम्मेवारी, समर्पण र विश्वासका साथ काम गर्ने संस्कृतिको विकास गर्न सके शिक्षा क्षेत्र अझ प्रभावकारी बन्ने धारणा व्यक्त गर्नुभयो।

    IMG-20260801-WA0073.jpg

    कार्यक्रमका सभापति तथा डाइनामिक एजुकेसन एसोसिएसनका अध्यक्ष अनिल सुब्बाले यस्ता अन्तर–विद्यालय प्रतियोगिताले विद्यार्थीमा अध्ययनप्रतिको रुचि, तार्किक क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई जित–हारभन्दा पनि सिकाइलाई प्राथमिकतामा राख्न आग्रह गर्दै प्रत्येक प्रतियोगिताले नयाँ अनुभव र ज्ञान प्रदान गर्ने उल्लेख गर्नुभयो।

    IMG-20260801-WA0077.jpg

    अध्यक्ष सुब्बाले डाइनामिक एजुकेसन एसोसिएसनले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र गुणस्तरीय शिक्षामा टेवा पुग्ने यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    IMG-20260801-WA0099.jpg

    कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट प्रश्न–उत्तर प्रस्तुति, तार्किक क्षमता र सिर्जनात्मक सोच प्रदर्शन गरेका थिए। वक्ताहरूले यस्ता प्रतियोगिताले विद्यार्थीको नेतृत्व क्षमता, आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताएका थिए।

    IMG-20260801-WA0129.jpg

    प्रतियोगिताको सञ्चालन क्विज मास्टर रञ्जित गुप्ताले गर्नुभएको थियो। आयोजकले आगामी दिनमा पनि विद्यार्थीको ज्ञान, सीप र व्यक्तित्व विकासमा टेवा पुग्ने यस्ता शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    IMG-20260801-WA0121.jpgIMG-20260801-WA0115.jpgIMG-20260801-WA0106.jpgIMG-20260801-WA0127.jpg

    images
    आइतवार, श्रावण १७ २०८३०८:२२:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार