Oct 02 2026 | २०८३, आश्विन १६ गते

शैक्षिक परामर्शसम्बन्धी २०७३ को निर्देशिका खारेज, नयाँ नियमावली कार्यान्वयनमा

शैक्षिक परामर्शसम्बन्धी २०७३ को निर्देशिका खारेज, नयाँ नियमावली कार्यान्वयनमा

  • 255
    SHARES

  • शैक्षिक परामर्शसम्बन्धी २०७३ को निर्देशिका खारेज, नयाँ नियमावली कार्यान्वयनमा

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनाअनुसार २०८३ साउन १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।

    नेपाल सरकारबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३’ नेपाल राजपत्रमा २०८३ असार २५ गते प्रकाशन भई कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ।

    नयाँ नियमावली कार्यान्वयनमा आइसकेपछि पुरानो निर्देशिका कायम रहँदा कार्यान्वयनमा द्विविधा उत्पन्न हुन सक्ने भएकाले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।

    मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाद्वारा जारी सूचनामार्फत सम्बन्धित सबैलाई निर्देशिका खारेज भएको जानकारी गराइएको हो।

    नयाँ नियमावलीले शैक्षिक परामर्श सेवा, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनलाई थप व्यवस्थित तथा नियमन गर्ने अपेक्षा गरिएको छ।

    images
    मंगलवार, श्रावण १९ २०८३०४:२०:३४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार