Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने

कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने

  • 456
    SHARES

  • कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने

    काठमाडौ - आगामी शैक्षिक सत्र २०७९ मा कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक तयार गरेको छ । केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ ।

    केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिनुभयो । केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पु¥याउने काम शुरु गरेको छ ।

    तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो । जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए । उनका अनुसार कक्षा ९ को कभर राख्न बाँकी छ । उनले आज मंगलबारसम्म सम्पूर्ण पुस्तक छपाइ पूरा गरी वितरण गरिने बताए ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

     

    images
    मंगलवार, श्रावण १२ २०७८०८:३१:३३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार