Oct 02 2026 | २०८३, आश्विन १६ गते

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • 406
    SHARES

  • कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं, २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले २०८३ साल साउन २ र ३ गते सञ्चालन गरेको मौका परीक्षाको नतिजा बुधबार सार्वजनिक गरेको हो ।

    बोर्डका अनुसार मौका परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ५७ हजार ८९७ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो ।

    बोर्डले केही परीक्षार्थीको परीक्षाफल भने रद्द गरेको जनाएको छ ।

    कसरी हेर्ने नतिजा ?

    विद्यार्थीले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र तथा नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np बाट हेर्न सक्नेछन् ।

    त्यस्तै, नेपाल टेलिकमको १६०० नम्बरमा SMS गरेर पनि नतिजा हेर्न सकिनेछ । यसका लागि मोबाइलको म्यासेज बक्समा NEB लेखी स्पेस दिएर आफ्नो Symbol Number टाइप गरी १६०० मा पठाउनुपर्नेछ ।

    मौका परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा D ग्रेड प्राप्त गरेका विद्यार्थीले नतिजा प्रकाशन भएको १० दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल (TMP) प्रमाणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

    यसका लागि रु. १ हजार ५०० दस्तुर बुझाउनुपर्नेछ । पूरक प्रमाणपत्र लिन थप रु. ५०० तिर्नुपर्ने बोर्डले जनाएको छ ।

    आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिन सक्नेछन् । बोर्डका अनुसार २०८३ साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म पुनर्योगका लागि आवेदन दिन सकिनेछ । प्रति विषय रु. १ हजार दस्तुर तिरेर बोर्डको वेबसाइटमा रहेको Retotaling विकल्प वा Student Portal मार्फत अनलाइन आवेदन दिनुपर्नेछ ।

    नतिजामा स्थगित वा अनुपस्थित, विषय फरक परेको, नाम–थर वा रजिस्ट्रेसन नम्बर फरक परेकोलगायत त्रुटि देखिएमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित सम्बन्धित कार्यालय वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीमा निवेदन दिन सकिने बोर्डले जनाएको छ ।

    प्राविधिक कारणले नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने बोर्डले स्पष्ट पारेको छ ।

    FB_IMG_1786026855880.jpg

    images
    बिहिवार, श्रावण २१ २०८३०८:२६:४४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार