Jul 27 2026 | २०८३, श्रावण ११ गते

पाल्पामा विद्यार्थीलाई निःशुल्क सिम बितरण

पाल्पामा विद्यार्थीलाई निःशुल्क सिम बितरण

  • 642
    SHARES

  • पाल्पामा विद्यार्थीलाई निःशुल्क सिम बितरण

    पाल्पा । कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन पाल्पा जिल्लाको रम्भा गाउपालिकाले विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको छ ।

    कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको हो । निषेधाज्ञाले लामो समयसम्म विद्यालयमा पठनपाठन हुन नसकेको बेला अनलाइन कक्षाका लागि र फोनमार्फत विद्यार्थीलाई सोधपुछ गर्न सहज होस् भनेर पालिकाभित्रका विद्यार्थीलाई एक हजार पाँच सयभन्दा बढी सिम विद्यार्थीहरूलाई निःशुल्क वितरण गरीएको गाउपालिकाले जनाएको छ।

    सिमकार्डबाट विद्यार्थीले शिक्षकलाई सोझै फोन गरेर गृहकार्यका लागि पृष्ठपोषण र पाठ्यपुस्तकको आवश्यक जानकारी लिन सक्नेछन् ।

    अहिले पनि कोरोना संक्रमण नघटेकाले सिम वितरण गरेर वैकल्पिक माध्यमबाट सिकाइ सुरुवात गरिएको गाउपालिका शिक्षक संयोजक कासिराम बस्यालले बताए ।

    यसअघि घरमै त्यसै बसेका विद्यार्थीले सिमकार्ड पाउनासाथ विषय शिक्षकलाई सोधपुछ गर्न थालेको रविकिरण मावि पीपलडाँडाका प्रधानाध्यापक केशबहादुर सारुले बताए ।

    गाउँपालिकाले हालसम्म कक्षा–४ देखि १० कक्षासम्मका एक हजार सात सय ६५ जना विद्यार्थीलाई निःशुल्क सिम वितरण गरेको जनाएको छ । सातवटा मावि र एउटा आधारभूत विद्यालयका गरी एक हजार सात सय ६५ जना विद्यार्थीलाई सिमकार्ड वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

    उनले त्यसका लागि गाउँपालिकाले प्रतिसिम एक सय २५ रुपियाँ विद्यालयलाई रकम उपलब्ध गराएको जानकारी दिए ।

    images
    बुधवार, श्रावण १३ २०७८११:४६:१२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार