Jul 27 2026 | २०८३, श्रावण ११ गते

परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशन

परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशन

  • 501
    SHARES

  • परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशन

    प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले आगामी ३१ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ ।

    स्वास्थ्य समितिको बैठकमा परीक्षाका सन्दर्भमा शिक्षा मन्त्रालयका अधिकारीहरुसंग छलफल गर्दै सरकारलाई यस्तो निर्देश्न दिएको हो ।

    समिति सभापति जयपुरी घर्तीले कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको जानकारी दिइन् ।

    ‘परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न, हात धुने व्यवस्था मिलाउन, सुरक्षाका अन्य मापदण्ड अपनाउन र ‘सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउन व्यवस्था मिलाउन पनि सरकारलाई सुझाव दिएको घर्तीले जानकारी दिइन् ।

    शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था मिलाउन समेत सरकारलाई निर्देशन गरेको छ ।

    बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भन्दै समितिले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।

    कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

     

    images
    बिहिवार, श्रावण १४ २०७८०२:००:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार