Oct 02 2026 | २०८३, आश्विन १६ गते

नागार्जुनमा अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

नागार्जुनमा अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

  • 179
    SHARES

  • नागार्जुनमा अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न

    काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिका समितिको आयोजनामा अन्तरविद्यालय नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ। नागार्जुन भ्याली स्कुल, रानीवनमा आयोजित प्रतियोगितामा नागार्जुन क्षेत्रका २४ विद्यालयका कक्षा ५, ६ र ७ का विद्यार्थी सहभागी भएका थिए।

    हिज्जे प्रतियोगितामा ज्योति एकेडेमी प्रथम भएको छ। काठमाडौं भ्याली स्कुल रानीवन द्वितीय, चेतना सदन स्कुल तृतीय, आर्य एकेडेमी चौथो, सभ्यता पाठशाला पाँचौँ र शिशुनिकुञ्ज सेकेण्डरी इङ्लिस स्कुल छैटौँ भएका छन्।

    IMG-20260815-WA0113~2.jpgIMG-20260815-WA0107~2.jpg

    प्रतियोगितामा विद्यार्थीबीच पटक–पटक प्रतिस्पर्धा भएपछि प्रथम र द्वितीय स्थानका लागि समान अवस्था देखिएको थियो। त्यसपछि दुवै स्थान छुट्याउन गोला प्रथाको सहारा लिइएको थियो। गोला प्रथाबाट ज्योति एकेडेमी प्रथम र काठमाडौं भ्याली स्कुल रानीवन द्वितीय घोषित भएका हुन्।

    IMG-20260815-WA0089~2.jpg

    प्रतियोगिताको प्रमुख अतिथिका रूपमा प्याब्सनका केन्द्रीय सह–अध्यक्ष गोपाल आचार्य सहभागी हुनुभएको थियो। उहाँले नेपाली भाषाको शुद्ध लेखन र प्रयोगप्रति विद्यार्थीको रुचि बढाउन यस्ता प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो।

    आचार्यले विद्यार्थीलाई नेपाली भाषाको सही हिज्जे, उच्चारण र प्रयोगमा दक्ष बनाउन विद्यालय तहदेखि नै अभ्यास र प्रतिस्पर्धात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीको शब्दज्ञानसँगै आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो।

    IMG-20260815-WA0127.jpg

    कार्यक्रमको अध्यक्षता प्याब्सन नागार्जुन नगरपालिका अध्यक्ष वासुदेव घिमिरेले गर्नुभएको थियो भने सञ्चालन प्याब्सन नागार्जुन नगरपालिकाका सचिव प्रकाशमान शाहीले गर्नुभएको थियो। कार्यक्रममा प्याब्सन नागार्जुन नगरपालिका उपाध्यक्ष डिवी ढकाल, कोषाध्यक्ष हिरालाल खनाल, सदस्यहरू सुरेश महतो, दीपक भट्टराई र विमलेश महासेट तथा प्याब्सन काठमाडौं जिल्ला सदस्य गोविन्द पंगेनीलगायतको उपस्थिति थियो।

    नागार्जुन भ्याली स्कुलका प्रिन्सिपल उद्धव हुमागाईं र सहायक प्रिन्सिपल प्रभा भट्टराईको समेत कार्यक्रममा सहभागिता रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा धर्मप्रसाद पोखरेल र पम्फा भट्टराई रहनुभएको थियो।

    नेपाली भाषाको शुद्ध लेखन, शब्दज्ञान र प्रयोगात्मक क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीमा नेपाली भाषाप्रतिको रुचि र आत्मविश्वास बढाउन सहयोग गरेको आयोजकले जनाएको छ।

    images
    आइतवार, श्रावण ३१ २०८३०७:२४:५४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार