Oct 02 2026 | २०८३, आश्विन १६ गते

ओप्सको नेपाली हिज्जे प्रतियोगितामा विभूति विद्यालयका विद्यार्थी प्रथम

ओप्सको नेपाली हिज्जे प्रतियोगितामा विभूति विद्यालयका विद्यार्थी प्रथम

  • 374
    SHARES

  • ओप्सको नेपाली हिज्जे प्रतियोगितामा विभूति विद्यालयका विद्यार्थी प्रथम

    काठमाडौं । अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (ओप्स) द्वारा आयोजित नेपाली हिज्जे प्रतियोगितामा विभूति स्कुलका कक्षा ३ का विद्यार्थीले प्रथम स्थान हासिल गरेका छन्। तारकेश्वरस्थित सेक्रेड हार्ट स्कुलमा सम्पन्न प्रतियोगितामा विभूति स्कुलका आयुषा भट्टराई, खुसी भट्टराई र सुगम भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

    प्रतियोगितामा ओप्समा आबद्ध १७ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। नेपाली भाषाको शुद्ध हिज्जे, शब्दज्ञान तथा भाषिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

    विभूति स्कुलका विद्यार्थीले प्रतिस्पर्धात्मक चरणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेपछि विद्यालय परिवारमा खुसी छाएको छ। कक्षा ३ मै अध्ययनरत विद्यार्थीले अन्तरविद्यालयस्तरको प्रतियोगितामा हासिल गरेको सफलतालाई विद्यालयले विद्यार्थीको मेहनत, शिक्षकको मार्गदर्शन र निरन्तर अभ्यासको परिणामका रूपमा लिएको छ।

    विद्यार्थीको सफलतामा नेपाली विषयकी शिक्षिका शर्मिला दवाडी र सिर्जना मगरको विशेष योगदान रहेको विद्यालयले जनाएको छ। विद्यार्थीको तयारी, अभ्यास तथा प्रतियोगिताका लागि आवश्यक मार्गदर्शनमा शिक्षकद्वयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको विद्यालयको भनाइ छ।

    विद्यालयले आयुषा भट्टराई, खुसी भट्टराई र सुगम भण्डारीलाई सफलताका लागि बधाई दिँदै आगामी दिनमा पनि यस्तै शैक्षिक गतिविधिमा सक्रिय सहभागिताका लागि प्रोत्साहित गरेको छ। साथै, शिक्षकद्वय दवाडी र मगरप्रति पनि विद्यालयले आभार व्यक्त गरेको छ।

    ओप्स निजी विद्यालयहरूको शैक्षिक संस्था हो, जसमा २९ सदस्य विद्यालय आबद्ध रहेको बताइएको छ। संस्थाले विद्यालयबीच शैक्षिक तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा पहिचान र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

    नेपाली हिज्जे प्रतियोगिताजस्ता कार्यक्रमले विद्यार्थीमा भाषिक शुद्धता र शब्दज्ञान बढाउनुका साथै आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

    images
    आइतवार, श्रावण ३१ २०८३०७:४६:३०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार