Oct 02 2026 | २०८३, आश्विन १६ गते

सिर्जनशील शिक्षा उद्यमी मञ्चको अन्तरविद्यालयीय स्पेलिङ कन्टेस्ट सम्पन्न

सिर्जनशील शिक्षा उद्यमी मञ्चको अन्तरविद्यालयीय स्पेलिङ कन्टेस्ट सम्पन्न

  • 622
    SHARES

  • सिर्जनशील शिक्षा उद्यमी मञ्चको अन्तरविद्यालयीय स्पेलिङ कन्टेस्ट सम्पन्न

    काठमाडौं । सिर्जनशील शिक्षा उद्यमी मञ्च (CEEF) को आयोजनामा अन्तरविद्यालयीय स्पेलिङ कन्टेस्ट सम्पन्न भएको छ। कार्यक्रमको संयोजन ज्योति स्कुलले गरेको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो भाषिक ज्ञान, शब्दभण्डार तथा शुद्ध हिज्जे लेखन क्षमता प्रस्तुत गरेका थिए।

    IMG-20260816-WA0004~2.jpg

    कार्यक्रममा स्वर्णिम स्कुल प्रथम, द एक्सेल पब्लिक स्कुल द्वितीय र जनज्योति इङ्लिस सेकेन्डरी स्कुल तृतीय भएका छन्। त्यस्तै नवीन ज्योति स्कुल र एभनगार्ड स्कुल संयुक्त रूपमा चौथो तथा एभरेस्ट इनोभेटिभ स्कुल पाँचौँ स्थानमा रह्यो।

    IMG-20260816-WA0050~2.jpg

    कार्यक्रमकी प्रमुख अतिथि नागार्जुन नगरपालिकाकी कार्यवाहक मेयर सुशीला अधिकारीले विद्यालय तहबाटै विद्यार्थीको भाषिक क्षमता, आत्मविश्वास र प्रतिस्पर्धात्मक सीप विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताइन्। उनले प्रतियोगितालाई केवल जित–हारका रूपमा नहेरी विद्यार्थीको प्रतिभा पहिचान, ज्ञान विस्तार र व्यक्तित्व विकासको माध्यमका रूपमा लिनुपर्ने धारणा राखिन्।

    IMG-20260816-WA0084~2.jpg

    कार्यक्रमका सभापति, सिर्जनशील शिक्षा उद्यमी मञ्च (CEEF) का संस्थापक अध्यक्ष तथा प्याब्सनका सहअध्यक्ष गोपाल प्रसाद आचार्यले विद्यालयबीचको स्वस्थ प्रतिस्पर्धाले विद्यार्थीमा सिकाइप्रतिको रुचि बढाउने बताए। उनले शिक्षालाई कक्षाकोठाभित्रको पाठ्यक्रममा मात्र सीमित नगरी विद्यार्थीको क्षमता र प्रतिभालाई व्यवहारिक रूपमा उजागर गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए। उनका अनुसार स्पेलिङ कन्टेस्टजस्ता गतिविधिले विद्यार्थीमा शुद्ध भाषा प्रयोग गर्ने बानीसँगै मञ्चमा आफ्नो क्षमता प्रस्तुत गर्ने आत्मविश्वाससमेत विकास गर्छ।

    IMG-20260816-WA0039~2.jpg

    कार्यक्रममा नागार्जुन नगरपालिकाका अध्यक्ष वासुदेव घिमिरे, प्याब्सनका पूर्वकेन्द्रीय सचिव पुरुषोत्तम अधिकारी, हिसानका केन्द्रीय सदस्य तथा CEEF का सल्लाहकार राप्रसाद पौडेल, प्याब्सनका परीक्षा सचिव जयराम चापागाईं, जिल्ला सदस्य तथा ज्योति एकेडेमीका प्राचार्य गोविन्द पंगेनी, CEEF का कोषाध्यक्ष राजेन्द्र अधिकारी, एभन गार्ड स्कुलजा प्रिन्सिपक मनिक कुमार श्रेष्ठ लगायतको उपस्थिति थियो।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै CEEF का तर्फबाट रुद्रमणि अधिकारीले विद्यालय तथा विद्यार्थीबीच सिर्जनात्मक र स्वस्थ प्रतिस्पर्धाको संस्कृति विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले विद्यार्थीको क्षमता पहिचान र विकासका लागि विद्यालय, शिक्षक तथा शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    IMG-20260816-WA0028~2.jpg

    प्रतियोगिताको निर्णायक मण्डलमा बिन्दु अर्याल, रामकाजी लाकाइ खड्का र माधव भट्टराई रहेका थिए। निर्णायकहरूले विद्यार्थीको हिज्जे शुद्धता, उच्चारण, शब्द पहिचान तथा प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए।

    समापन कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै CEEF का उपाध्यक्ष तथा हिसान काठमाडौंका उपाध्यक्ष ऋषि न्यौपानेले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने विद्यालय, विद्यार्थी, शिक्षक, निर्णायक तथा सम्पूर्ण आयोजकप्रति आभार व्यक्त गरे। उनले विद्यार्थीको प्रतिभा उजागर गर्ने यस्ता शैक्षिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यवस्थित र व्यापक बनाउँदै लैजानुपर्ने बताए।

    IMG-20260816-WA0022~2.jpg

    कार्यक्रमले विद्यार्थीमा भाषिक दक्षता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच सहकार्य, स्वस्थ प्रतिस्पर्धा र सिर्जनात्मक सिकाइको वातावरण निर्माणमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

    IMG-20260816-WA0016~2.jpgIMG-20260816-WA0068~2.jpgIMG-20260816-WA0078~2.jpg

    images
    सोमवार, भाद्र १ २०८३०९:३१:०१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार