Jul 27 2026 | २०८३, श्रावण ११ गते

शैक्षिकसँस्था सञ्चालन बारे विषयविज्ञ र सम्बद्ध निकायसँग सिसिएमसिले गर्‍यो छलफल

शैक्षिकसँस्था सञ्चालन बारे विषयविज्ञ र सम्बद्ध निकायसँग सिसिएमसिले गर्‍यो छलफल

  • 495
    SHARES

  • शैक्षिकसँस्था सञ्चालन बारे विषयविज्ञ र सम्बद्ध निकायसँग सिसिएमसिले गर्‍यो छलफल

    काठमाडौँ /१५ साउन- कोभिड-१९ सङकट व्यावस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक संस्था सञ्चालनका विषयमा विषयविज्ञ र सम्बद्ध निकायसँग बिहिबार छलफल गरेको छ ।

    सीसीएमसीका संयोजक बालानन्द शर्माको अध्यक्षतामा बसेको बैठकले शिक्षासम्बन्धी संस्था , विषयविज्ञ र सम्वद्ध निकायसँग शैक्षिक संस्था सञ्चालनको सम्भावनाका विषयमा छलफल गरिएको सीसीएमसीका प्रवक्ता नूरहरि खतिवडाले जानकारी दिनुभयो ।

    वैठकमा शैक्षिक संस्था बन्द गरेर मात्रै समस्या समाधान नहुने भएकाले भौगोलिक परिस्थति,सङक्रमणको अवस्था हेरेर स्थानीय निकायलाई नै शैक्षिक संस्था खोल्ने विषयमा निर्णयको अधिकार दिनुपर्ने सुझाव शैक्षिक संस्थाका प्रतिनिधिहरुल दिएका थिए । प्रवक्ता खतिवडाले भन्नु भयो “विद्यार्थी र मुलुकको भविष्यसमेत गाँसिएको शिक्षा क्षेत्रलाई सम्भव भए सम्म खोल्नु पर्ने सुझाव दिएका छन् ।”

    शैक्षिक संस्था बन्द गरेर कात्रै समस्या समाधान नहुने भएकाले सरकारले निकास दिनुपर्ने माग शिक्षा व्यावसायीहरुको थियो ।अनलाइन कक्षाले मात्रै मुलुकका सबै विद्यार्थीलाई समेट्न नसक्ने भएकाले विद्यार्थीको संख्या,सङ्कैमणको अवस्थासमेत ख्यालमा राख्दै विद्यालय खोल्न दिनुपर्ने धारणा उँहाहरुको थियो ।

    छलफलमा विषयविज्ञ, विश्वविद्यालयका प्रतिनिधि, शिक्षा मन्त्रालय, शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

    गोरखापत्र बाट

    images
    शुक्रवार, श्रावण १५ २०७८१२:११:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार