Oct 02 2026 | २०८३, आश्विन १६ गते

सामुदायिक विद्यालय अनुगमनमा शिक्षामन्त्री, शैक्षिक गुणस्तर सुधार प्राथमिकता

सामुदायिक विद्यालय अनुगमनमा शिक्षामन्त्री, शैक्षिक गुणस्तर सुधार प्राथमिकता

  • 297
    SHARES

  • सामुदायिक विद्यालय अनुगमनमा शिक्षामन्त्री, शैक्षिक गुणस्तर सुधार प्राथमिकता

    काठमाडौं, २ भदौ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।

    मन्त्री पोखरेलले काठमाडौंका विभिन्न सामुदायिक विद्यालयको स्थलगत अनुगमन गर्दै विद्यालयको वास्तविक अवस्था बुझ्नुभएको हो । उहाँले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, पूर्वाधार तथा विद्यार्थीका समस्या र आवश्यकताबारे जानकारी लिनुभयो ।

    1787060972983.jpg

    अनुगमनका क्रममा मन्त्री पोखरेलले प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया गर्नुभएको थियो । उहाँले विद्यालयमा देखिएका समस्या, चुनौती र सुधारका आवश्यकताबारे जानकारी लिनुका साथै सरोकारवालाबाट प्राप्त सुझावलाई शिक्षा सुधारका नीतिमा समेटिने बताउनुभयो ।

    मन्त्री पोखरेलले राम आधारभूत स्कुल, मदन आश्रित आदर्श मावि, बाल विकास आधारभूत स्कुल र गणेश माविको अवलोकन गर्नुभएको थियो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक नीतिगत तथा व्यावहारिक पहल गरिने उहाँको भनाइ छ ।

    FB_IMG_1787062103858.jpg

    विद्यालयको वास्तविक अवस्था स्थलगत रूपमा बुझेर शिक्षा क्षेत्रका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले अनुगमन अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापनसँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिइनेछ ।

    मन्त्री पोखरेलले सोमबारदेखि काठमाडौंका सामुदायिक विद्यालयको स्थलगत अवलोकन सुरु गर्नुभएको हो । अनुगमनबाट प्राप्त सुझाव र विद्यालयको अवस्थाका आधारमा शैक्षिक सुधारका आवश्यक कदम अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    FB_IMG_1787062107384.jpg

    images
    मंगलवार, भाद्र २ २०८३०७:३८:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार