Oct 02 2026 | २०८३, आश्विन १६ गते

एनओसि लिन विद्यार्थी अनिवार्य कार्यालय धाउन नपर्ने, गलत सूचना नदिन परामर्श संस्थालाई मन्त्रालयको चेतावनी

एनओसि लिन विद्यार्थी अनिवार्य कार्यालय धाउन नपर्ने, गलत सूचना नदिन परामर्श संस्थालाई मन्त्रालयको चेतावनी

  • 213
    SHARES

  • एनओसि लिन विद्यार्थी अनिवार्य कार्यालय धाउन नपर्ने, गलत सूचना नदिन परामर्श संस्थालाई मन्त्रालयको चेतावनी

    काठमाडौं, भदौ ३ — वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन सबै विद्यार्थी अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था नरहेको शिक्षा तथा खेलकुद मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाले एनओसी आवेदन प्रक्रिया पूर्णतः अनलाइन तथा डिजिटल माध्यमबाट सञ्चालन भइरहेको जनाएको हो।

    मन्त्रालयले केही शैक्षिक परामर्श संस्थाले एनओसी लिन सेवाग्राही अनिवार्य रूपमा कार्यालयमै उपस्थित हुनुपर्ने भन्दै गलत सूचना प्रवाह गरेको तथा विद्यार्थीलाई अनावश्यक रूपमा कार्यालय पठाएको गुनासो प्राप्त भएको जनाएको छ।

    एनओसी शाखाका अनुसार आवेदन गर्दा विद्यार्थीले पेश गरेको नागरिकता तथा शैक्षिक योग्यताको विवरण केन्द्रीय सूचना व्यवस्थापन प्रणाली (Central Information Management System) मा रहेको विवरणसँग मेल खाई जन्ममिति (DOB) Verified भएका विद्यार्थीले भौतिक रूपमा कार्यालय उपस्थित नभई एनओसी प्राप्त गर्न सक्नेछन्।

    तर, विवरण नमिलेका वा पोर्टलमा भौतिक उपस्थित हुनुपर्ने सूचना देखिएका विद्यार्थीले भने तोकिएको प्रक्रियाअनुसार कार्यालयमा उपस्थित हुनुपर्नेछ। विद्यार्थीको भौतिक उपस्थिति आवश्यक पर्ने वा नपर्ने विषय एनओसी पोर्टलमै स्पष्ट रूपमा देखिने भएकाले सोहीअनुसार प्रक्रिया अघि बढाउन मन्त्रालयले आग्रह गरेको छ।

    मन्त्रालयले एनओसीका नाममा गलत सूचना दिने, सेवाग्राहीलाई भ्रममा पार्ने वा अनावश्यक रूपमा कार्यालय पठाउने कार्य तत्काल रोक्न शैक्षिक परामर्श संस्थाहरूलाई चेतावनी दिएको छ।

    गलत सूचना फैलाएर अनुचित लाभ लिन खोज्ने वा अनियमितता गर्ने शैक्षिक परामर्श संस्थामाथि कडा नियामक अनुगमन तथा कानुनी कारबाही अघि बढाइने मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले एनओसीसम्बन्धी आधिकारिक जानकारीका लागि एनओसीको आधिकारिक वेबसाइट तथा पोर्टलमा उपलब्ध User Manual हेर्न आग्रह गरेको छ। थप जानकारीका लागि एनओसी शाखाको सम्पर्क नम्बर ०१–६६३५४१९ वा noc@moest.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।

    FB_IMG_1787224465762.jpg

    images
    शुक्रवार, भाद्र ५ २०८३०८:११:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार