Oct 02 2026 | २०८३, आश्विन १६ गते

बालबालिकामा सकारात्मक सोच विकास गर्न मनोपरामर्श कार्यक्रम

बालबालिकामा सकारात्मक सोच विकास गर्न मनोपरामर्श कार्यक्रम

  • 447
    SHARES

  • बालबालिकामा सकारात्मक सोच विकास गर्न मनोपरामर्श कार्यक्रम

    काठमाडौं, ९ भदौ । काठमाडौं महानगरपालिका–१५, बीजेश्वरीस्थित द सनसाईन स्कुलले बालबालिकामा सकारात्मक सोचको विकास तथा नकारात्मक मनोभावना न्यूनीकरण गर्ने उद्देश्यले मनोपरामर्श कार्यक्रम सम्पन्न गरेको छ।

    विद्यालयको सभाहलमा कक्षा ६ देखि १० सम्मका करिब २५० विद्यार्थीको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो समय बालबालिकामा देखिने डर, त्रास, नकारात्मक सोच तथा सामाजिक घटनाले पार्ने मनोवैज्ञानिक प्रभावलाई न्यूनीकरण गर्दै सकारात्मक सोच र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।

    IMG-20260824-WA0041.jpg

    विद्यालयका प्राचार्य बाबुराम गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानसिक तथा सामाजिक परामर्शदाता एवं मोटिभेसनल स्पिकर यादवप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो। उहाँले बालबालिकाले आफू, परिवार र समाजप्रतिको जिम्मेवारी बुझ्दै सकारात्मक सोच र व्यवहार विकास गर्नुपर्ने विषयमा परामर्श दिनुभएको थियो।

    कार्यक्रममा विद्यालयका प्राचार्य गौतमले बालबालिकामा नकारात्मक भावना विकास हुन नदिन परिवार, विद्यालय र समाज सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो। विद्यार्थीलाई सामाजिक तथा मानसिक रूपमा जिम्मेवार बनाउँदै परिवार, समाज र राष्ट्रप्रतिको दायित्वबोध गराउन यस्ता कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो।

    IMG-20260824-WA0049.jpg

    त्यस्तै, विद्यालयका सहप्राध्यापक तेजप्रसाद भण्डारीले बालबालिकामा बढ्दै गएको नकारात्मक भावनाप्रति विद्यालय परिवार चिन्तित रहेको बताउँदै सकारात्मक सोच र भावनाको विकासका लागि निरन्तर सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

    कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालयका कोर्डिनेटर दिनेश साउतले गर्नुभएको थियो। विद्यालयले विद्यार्थीको मानसिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता परामर्शात्मक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    images
    मंगलवार, भाद्र ९ २०८३०८:२४:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार