Oct 02 2026 | २०८३, आश्विन १६ गते

१९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

१९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

  • 276
    SHARES

  • १९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

    काठमाडौं । आगामी भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले बिहीबार सूचना जारी गर्दै देशका विभिन्न क्षेत्रमा आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षतिले सिर्जना गरेको संवेदनशील एवं शोकपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै मूल समारोह स्थगित गर्ने निर्णय गरिएको जनाएको हो।

    यस वर्ष १९औँ पुस्तकालय दिवस ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ मनाउने तय गरिएको थियो।

    मन्त्रालयले वर्तमान परिस्थितिलाई ध्यानमा राखी मूल समारोह स्थगित गरिएको जानकारी सम्बन्धित सबैलाई गराएको छ। समारोहको नयाँ मिति भने पछि तय गरिने जनाइएको छ।

    शिक्षा तथा खेलकुद मन्त्रालयले २०८३ भदौ ११ गते जारी गरेको सूचनामार्फत समारोह स्थगित गरिएको जनाएको हो।

    1787901198049.jpg

    images
    शुक्रवार, भाद्र १२ २०८३०१:०१:०३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार