आइतवार, भाद्र १४ २०८३
काठमाडौं । अखिल (समाजवादी)ले रसुवा–नुवाकोटका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ।
संगठनले सरकारको दैवीप्रकोप उद्धार तथा राहत कोषमा ५० हजार रुपैयाँ जम्मा गरेको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त रकम सहयोग गरिएको अखिल (समाजवादी)ले जनाएको छ।
संगठनले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक दायित्व भएको भन्दै राहत तथा पुनर्स्थापनाका अभियानमा सहयोग गर्न आग्रहसमेत गरेको छ।
