Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोसी बाढीपीडितका लागि नागार्जुन प्याब्सनको ४१ लाखभन्दा बढी सहयोग

भोटेकोसी बाढीपीडितका लागि नागार्जुन प्याब्सनको ४१ लाखभन्दा बढी सहयोग

  • 207
    SHARES

  • भोटेकोसी बाढीपीडितका लागि नागार्जुन प्याब्सनको ४१ लाखभन्दा बढी सहयोग

    काठमाडौं । भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि नागार्जुन नगर प्याब्सनले ४१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ। नागार्जुन नगरभित्रका ३५ विद्यालयबाट संकलित रु. ४१ लाख १० हजार ९ सय ७१ को चेक काठमाडौं प्याब्सन वेलफेयर फन्डमा हस्तान्तरण गरिएको हो।

    बागमती प्रदेशसभा सदस्य माननीय रामकृष्ण ताम्राकारको समुपस्थितिमा नागार्जुन प्याब्सनका अध्यक्ष बसुदेव घिमिरेले उक्त चेक हस्तान्तरण गरेका हुन्।

    भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नगरभित्रका विद्यालयहरूबाट उक्त रकम संकलन गरिएको नागार्जुन प्याब्सनले जनाएको छ।

    नगरभित्रका विद्यालयबाट मात्रै यति ठूलो रकम संकलन गरी विपद्का बेला सहयोग गरेको भन्दै काठमाडौं प्याब्सनले नागार्जुन प्याब्सनको सिंगो कार्यसमिति, संस्थापक, प्रधानाध्यापक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति हार्दिक आभार व्यक्त गरेको छ।

    विपद्को समयमा निजी विद्यालय क्षेत्र एकजुट भई पीडितको सहयोगमा जुट्नु सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको उदाहरण भएको काठमाडौं प्याब्सनले जनाएको छ।

    FB_IMG_1789016312823.jpgFB_IMG_1789016315080.jpg

    images
    बिहिवार, भाद्र २५ २०८३०८:५४:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार