Oct 02 2026 | २०८३, आश्विन १६ गते

संघ–प्रदेश समन्वय बलियो बनाउन शिक्षामन्त्री पोखरेलको सातै प्रदेशका मन्त्रीसँग छलफल

संघ–प्रदेश समन्वय बलियो बनाउन शिक्षामन्त्री पोखरेलको सातै प्रदेशका मन्त्रीसँग छलफल

  • 451
    SHARES

  • संघ–प्रदेश समन्वय बलियो बनाउन शिक्षामन्त्री पोखरेलको सातै प्रदेशका मन्त्रीसँग छलफल

    काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग शिक्षा तथा खेलकुद क्षेत्रको विकासका विषयमा छलफल गरेकी छन्।

    छलफलमा संघ र प्रदेश सरकारबीच शिक्षा तथा खेलकुदका क्षेत्रमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको हो। बैठकमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम (TVET) विधेयक, विपद्का समयमा सहकार्य तथा अन्तरसरकार समन्वय लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

    FB_IMG_1789041815310.jpg

    सो अवसरमा मन्त्री पोखरेलले संघीय सरकार प्रदेश सरकारसँग सहकार्य गर्दै अघि बढ्न इच्छुक रहेको बताउँदै शिक्षा र खेलकुद क्षेत्रका कामलाई प्रभावकारी बनाउन दुवै तहका सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड दिइन्। छलफलमा १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै सम्पन्न गर्ने, TVET विधेयक आपसी छलफल र समन्वयबाट टुंगोमा पुर्‍याउने तथा प्राविधिक शिक्षालाई थप विकेन्द्रीकृत र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

    विपद्का समयमा विद्यार्थी, विद्यालय तथा शैक्षिक संस्थामा पर्ने असर न्यूनीकरण गर्न संघ र प्रदेशबीच प्रभावकारी सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो।

    छलफलमा सातवटै प्रदेशका सम्बन्धित मन्त्री तथा मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। मन्त्रालयले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

    images
    बिहिवार, भाद्र २५ २०८३०५:५१:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार