Oct 02 2026 | २०८३, आश्विन १६ गते

सेवानिवृत्तिपछि पूर्व प्रधानाध्यापक पनेरूद्वारा आमाबुवाको स्मृतिमा साढे तीन लाखको अक्षयकोष

सेवानिवृत्तिपछि पूर्व प्रधानाध्यापक पनेरूद्वारा आमाबुवाको स्मृतिमा साढे तीन लाखको अक्षयकोष

  • 249
    SHARES

  • सेवानिवृत्तिपछि पूर्व प्रधानाध्यापक पनेरूद्वारा आमाबुवाको स्मृतिमा साढे तीन लाखको अक्षयकोष

    काठमाडौं । कंकाली माध्यमिक विद्यालयका पूर्व संस्थापक प्रधानाध्यापक विष्णुप्रसाद पनेरूले आफ्ना दिवंगत मातापिता थलकुमारी पनेरू र रुद्रप्रसाद पनेरूको स्मृतिमा विद्यालयमा रु. ३ लाख ५१ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ।

    पनेरूले ‘थलकुमारी–रुद्र पनेरू अक्षयकोष’ स्थापना गर्नुभएको हो। विद्यालय, शिक्षा र समाज सेवामा चार दशकभन्दा लामो समय समर्पित गर्नुभएका पनेरूले सेवा निवृत्तिपछि पनि शिक्षाको क्षेत्रमा योगदानलाई निरन्तरता दिँदै अक्षयकोष स्थापना गर्नुभएको विद्यालयले जनाएको छ।

    दिवंगत मातापिताको स्मृतिलाई विद्यार्थीको शैक्षिक उन्नति र उज्ज्वल भविष्यसँग जोड्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषबाट आगामी दिनमा विद्यार्थीको शैक्षिक प्रगति तथा विद्यालयको शैक्षिक यात्रामा सहयोग पुग्ने विद्यालय परिवारले विश्वास व्यक्त गरेको छ।

    विद्यालयका अनुसार अक्षयकोष आर्थिक सहयोगमा मात्र सीमित नभई अभिभावकप्रतिको श्रद्धा, शिक्षाप्रतिको समर्पण र भावी पुस्ताप्रतिको जिम्मेवारीको प्रेरणादायी उदाहरणसमेत हो।

    पनेरूको योगदानप्रति विद्यालय परिवारले हार्दिक आभार, सम्मान तथा कृतज्ञता व्यक्त गरेको छ। कंकाली माध्यमिक विद्यालय चन्द्रागिरि–१३, पुरानो नैकाप, काठमाडौंमा रहेको छ।

    images
    शुक्रवार, भाद्र २६ २०८३०७:४५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार