Oct 02 2026 | २०८३, आश्विन १६ गते

राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ परिमार्जनका लागि भक्तपुरमा सुझाव सङ्कलन

राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ परिमार्जनका लागि भक्तपुरमा सुझाव सङ्कलन

  • 179
    SHARES

  • राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ परिमार्जनका लागि भक्तपुरमा सुझाव सङ्कलन

    भक्तपुर, २७ भदौ २०८३। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ लाई समयानुकूल, व्यवहारिक र गुणस्तरीय बनाउने उद्देश्यले भक्तपुरमा सुझाव सङ्कलन कार्यशाला सम्पन्न भएको छ। पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरको आयोजनामा तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बागमती प्रदेश र प्याब्सन भक्तपुरको व्यवस्थापनमा कार्यशाला आयोजना गरिएको हो।

    कार्यशालामा प्याब्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन), इसान भक्तपुरका प्रतिनिधिसहित सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

    कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरे र पाठ्यक्रम निर्देशक कुमार घिमिरेले राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०८१ तथा यसको परिमार्जनका विषयमा प्रस्तुति दिँदै पाठ्यक्रमलाई समयानुकूल, व्यवहारिक र विद्यार्थीको आवश्यकता सम्बोधन गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यशालामा सहभागी सरोकारवालाले विद्यालय शिक्षाको वर्तमान अवस्था, विद्यार्थीको आवश्यकता, शिक्षण–सिकाइको प्रभावकारिता तथा पाठ्यक्रम सुधारका विभिन्न पक्षमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरेका थिए।

    कार्यक्रममा पाठ्यक्रमलाई व्यवहारिक तथा सीपमूलक बनाउने, विद्यार्थीको बदलिँदो आवश्यकता सम्बोधन गर्ने तथा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण सुझाव र विचार आदान–प्रदान गरिएको आयोजकले जनाएको छ।

    पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका क्रममा देशका विभिन्न प्रदेश तथा जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय सञ्चालक तथा अन्य सरोकारवालाबाट सुझाव सङ्कलन गर्दै आएको छ।

    कार्यशालामा सहभागी सरोकारवालाले प्राप्त सुझावलाई समेटेर समसामयिक, व्यवहारिक र गुणस्तरीय पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

    images
    आइतवार, भाद्र २८ २०८३०९:०८:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार