Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोसी बाढीपीडितको राहतमा निस्ट एजुकेसन फाउन्डेसन, प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार

भोटेकोसी बाढीपीडितको राहतमा निस्ट एजुकेसन फाउन्डेसन, प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार

  • 226
    SHARES

  • भोटेकोसी बाढीपीडितको राहतमा निस्ट एजुकेसन फाउन्डेसन, प्रधानमन्त्री राहत कोषमा २२ लाख ५० हजार

    काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि निस्ट एजुकेसन फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २२ लाख ५० हजार ६०५ रुपैयाँ सहयोग गरेको छ।

    बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै फाउन्डेसनले विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा सुरक्षित पुनर्स्थापनाको कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।

    IMG-20260914-WA0000(1).jpg

    विपद्को कठिन घडीमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले नेसनल स्कुल अफ साइन्सेस, लैनचौर, बनेपा निस्ट, भक्तपुर निस्ट, ललितपुर निस्ट, निस्ट हायर एजुकेसन र निस्ट फाउन्डेसनको तर्फबाट उक्त रकम संकलन गरिएको हो। सहयोगमा निस्ट फाउन्डेसनका अध्यक्ष तथा नेसनल स्कुल अफ साइन्सेसका संस्थापक प्राचार्यको व्यक्तिगत योगदानसमेत रहेको जनाइएको छ।

    फाउन्डेसनले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार, निजी क्षेत्र, शैक्षिक संस्था, विभिन्न संघसंस्था तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको जनाएको छ।

    IMG-20260914-WA0019.jpg

    विपद्को कठिन समयमा शैक्षिक क्षेत्रले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै फाउन्डेसनले प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा आफ्नोतर्फबाट सहयोग गरेको जनाएको हो।

    images
    सोमवार, भाद्र २९ २०८३१०:२०:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार