Oct 02 2026 | २०८३, आश्विन १६ गते

छ विश्वविद्यालयका सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

छ विश्वविद्यालयका सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

  • 170
    SHARES

  • छ विश्वविद्यालयका सेवा आयोगमा अध्यक्ष र सदस्य नियुक्तिका लागि आवेदन आह्वान

    काठमाडौं, १ असोज। नेपालका छ वटा विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सरकारले आवेदन आह्वान गरेको छ।

    नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका सेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदका लागि नाम सिफारिस गर्न गठित समितिले सूचना जारी गर्दै इच्छुक व्यक्तिबाट आवेदन माग गरेको हो।

    समितिले सम्बन्धित विश्वविद्यालयका ऐनमा व्यवस्था भएबमोजिम रिक्त रहेका अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न आवेदन माग गरेको जनाएको छ।

    सूचनाअनुसार इच्छुक व्यक्तिले वैयक्तिक विवरण, माथिल्लो शैक्षिक उपाधिको प्रमाणपत्रको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेस गर्नुपर्नेछ। हाल कार्यरत व्यक्तिले कार्यरत पदको नियुक्तिपत्र तथा सेवा निवृत्त व्यक्तिले पछिल्लो कार्यरत पद खुल्ने प्रमाणसमेत पेस गर्नुपर्नेछ।

    आवेदन सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिनभित्र कार्यालय समयभित्र शिक्षा तथा खेलकुद मन्त्रालयको उच्च शिक्षा शाखामा पेस गर्नुपर्नेछ। सिफारिस समितिले प्राप्त आवेदनका आधारमा सम्बन्धित पदका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ। सेवा आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सम्बन्धित विश्वविद्यालयको सेवा आयोग सञ्चालन तथा व्यवस्थापनका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

    univer.jpg

    images
    बिहिवार, आश्विन १ २०८३०९:५५:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार