Oct 02 2026 | २०८३, आश्विन १६ गते

शिक्षक सेवा आयोगले स्थगित आन्तरिक परीक्षाको अन्तर्वार्ता मिति तोक्यो

शिक्षक सेवा आयोगले स्थगित आन्तरिक परीक्षाको अन्तर्वार्ता मिति तोक्यो

  • 420
    SHARES

  • शिक्षक सेवा आयोगले स्थगित आन्तरिक परीक्षाको अन्तर्वार्ता  मिति तोक्यो

    काठमाडौं । शिक्षक सेवा आयोगले स्थगित गरिएको निम्नमाध्यमिक र प्राथमिक तहका शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सफल उम्मेदवारहरूको अन्तर्वार्ताको मिति निर्धारण गरेको छ।

    आयोगले २०८३ वैशाख २३ गतेको सूचनाबाट स्थगित भएका निम्नमाध्यमिक तह द्वितीय श्रेणी, प्राथमिक तह प्रथम श्रेणी र प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षामा सफल उम्मेदवारको अन्तर्वार्ता असोज १९ र २० गते सञ्चालन गर्ने जनाएको हो।

    आयोगका अनुसार अन्तर्वार्ता कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा तोकिएका सम्बन्धित शिक्षा विकास निर्देशनालय तथा मन्त्रालयअन्तर्गतका कार्यालयमा सञ्चालन हुनेछ।

    कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उम्मेदवारको अन्तर्वार्ता सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयमा हुनेछ। लुम्बिनी प्रदेशमा शिक्षा तथा सामाजिक विकास निर्देशनालय, दाङ र गण्डकी प्रदेशमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विकास महाशाखा, पोखरामा अन्तर्वार्ता सञ्चालन गरिने आयोगले जनाएको छ।

    आयोगले २०८३ असोज २ गते गरेको निर्णयअनुसार अन्तर्वार्ताको मिति निर्धारण गरिएको हो।

    1789736486126.jpg

    images
    शुक्रवार, आश्विन २ २०८३०६:५१:५५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार