सोमवार, श्रावण १८ २०७८
माद्यामिक तह कक्षा १२ र अन्य बिश्वबिद्धालयको परिक्षा सम्बन्धि स्वास्थ मन्त्रालय र राष्ट्रिय परिक्षा बोर्डको कुरा बाझिएको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परिक्षा हरु स्थगित हुने भनिएको केही बेर मै राष्ट्रिय परिक्षा बोर्ड का अध्यक्ष प्रा डा चन्द्रमणी पौडेलले कक्षा १२ को परिक्षा स्थगित नहुने बताएका छन।

सोमबार अकस्मात परीक्षा स्थगित भएको चर्चा चले पनि त्यो सामाजिक सञ्जालमा चलाईएको हल्ला मात्रै भएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बताए । पौडेलले भने 'साउन ३१ गतेबाट गर्ने गरी पूर्व निर्धारित तालिका र शैलीमा कुनै फेरबदल भएको छैन' 'परीक्षाका लागि आवश्यक तयारी जारी छ ।'
यसअघि कोरोना भाईरस (कोभिड – १९) को दोश्रो लहरका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा विद्यार्थीले पढेकै विद्यालय अर्थात् होम सेण्टरमा लिने गरी बोर्डले गत साउन ५ गते निर्णय गरेको थियो । परीक्षा साउन ३१ देखि भदौ ९ गतेसम्म सञ्चालन हुने बताइएको छ।
स्वास्थ्य राज्यमन्त्रीको एकल निर्णयले अन्योलमा परेका विद्यार्थी राष्ट्रिय परिक्षा बोर्डको यो निर्णय ले झन अन्यौल मा पर्ने स्वभाबिक छ। बार्षिक परिक्षा अन्त्यन्तै संबेदनसिल हुने तर हतासमा गरिएको राजनितीक निर्णय ले विद्यार्थीको मानसिक अवस्थामा समेत असर पर्ने देखिन्छ।