Oct 02 2026 | २०८३, आश्विन १६ गते

त्रिविको विद्यावारिधि ११औँ ब्याचमा भर्ना खुल्यो

त्रिविको विद्यावारिधि ११औँ ब्याचमा भर्ना खुल्यो

  • 179
    SHARES

  • त्रिविको विद्यावारिधि ११औँ ब्याचमा भर्ना खुल्यो

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्कायअन्तर्गत ग्राजुएट स्कुल अफ एजुकेसनले विद्यावारिधि (PhD) ११औँ ब्याच–२०८३ का लागि भर्ना प्रक्रिया अघि बढाएको छ।

    छनोट प्रक्रियामा सहभागी भई मूल्याङ्कनमा सफल भएका शोधार्थीले असोज ५ गते सोमबारदेखि असोज २३ गते शुक्रबारसम्म भर्ना हुन सक्नेछन्। भर्नाका लागि शोधार्थीले शिक्षाशास्त्र सङ्काय डीनको कार्यालयको नाममा नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखाको च.हि.नं. ०४५००१०००९९०४३०००००१ मा शुल्क जम्मा गर्नुपर्नेछ।

    भर्ना शुल्क १० हजार रुपैयाँ र प्रथम सेमेस्टर शुल्क ३० हजार रुपैयाँ गरी जम्मा ४० हजार रुपैयाँ तोकिएको छ। शुल्क जम्मा गरेपछि प्राप्त बैंक भौचर शिक्षाशास्त्र सङ्काय डीनको कार्यालय, लेखा शाखा, बल्खु–कीर्तिपुरमा बुझाउनुपर्नेछ।

    त्यसपछि भर्ना रसिदको प्रतिलिपि ग्राजुएट स्कुल अफ एजुकेसनको प्रशासन शाखामा बुझाई आफ्नो नाम दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ। सफल शोधार्थीले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन त्रिविले आग्रह गरेको छ।

    images
    मंगलवार, आश्विन ६ २०८३०७:१९:११

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार