Jul 27 2026 | २०८३, श्रावण ११ गते

कोभिड संक्रमितले अस्पताल भरिन थाले, परीक्षा कसरी सक्ने भनेर 'प्रेसर'मा छौँ - त्रिवि

कोभिड संक्रमितले अस्पताल भरिन थाले, परीक्षा कसरी सक्ने भनेर 'प्रेसर'मा छौँ - त्रिवि

  • 470
    SHARES

  • कोभिड संक्रमितले अस्पताल भरिन थाले, परीक्षा कसरी सक्ने भनेर 'प्रेसर'मा छौँ - त्रिवि

    कोभिड-१९ भाइरसका बिरामीले फेरि अस्पताल भरिन थालेसँगै बाँकी रहेको परीक्षा कसरी सञ्चालन गर्ने भनेर आफूहरू दबाबमा रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

    शिलापत्र संबादाता सँग कुरा गर्दै त्रिवि शिक्षाध्यक्ष शिभलाल भुसालले अहिले चलिरहेको परीक्षा कसरी सक्ने भनेर आफूहरू दबाबमा रहेको बताएका हुन् ।

    'दुई वर्षदेखि रोकिएको परीक्षा बल्ल सुरु भएको छ । सकेसम्म अहिले चलिरहेको परीक्षाचाहिँ सक्न पाए हुन्थ्यो,' भुसालले भने, 'यस्तोमा अब परीक्षा कसरी सक्ने भनेर हामी 'प्रेसर'मा छौँ । एक/दुई दिनको परिस्थिति हेरेर केही निर्णय गर्छौं ।'

    कोरोना महामारीकै कारण विगत दुई वर्षदेखि रोकिएको स्नातक प्रथम वर्षको परीक्षा १० साउनबाट सुरु भएको थियो । #शिलापत्र बाट

    images
    सोमवार, श्रावण १८ २०७८०५:३६:४५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार