Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालय म्यापिङपछि शिक्षक दरबन्दी मिलान गरिने

विद्यालय म्यापिङपछि शिक्षक दरबन्दी मिलान गरिने

  • 656
    SHARES

  • विद्यालय म्यापिङपछि शिक्षक दरबन्दी मिलान गरिने

    काठमाडौं । शिक्षा क्षेत्रमा बालमैत्री वातावरण र भौतिक पूर्वाधारको अभाव तथा शिक्षक–विद्यार्थी अनुपात व्यवस्थापनका विषयमा सरकारले विद्यालय म्यापिङका आधारमा योजना निर्माण गरी कार्यान्वयन गर्ने जनाएको छ।

    माननीय कुमारी घेमालीले विद्यालयमा बालमैत्री वातावरण र भौतिक पूर्वाधारको अभावलगायतका विषय उठाउनुभएको छ। यसैगरी, २०८३ साउन २६ गते माननीय अभिषेक प्रताप शाहले पहाडी क्षेत्रमा विद्यार्थीको तुलनामा शिक्षक बढी र मधेशमा त्यसको विपरीत अवस्था रहेको विषय संसद्मा उठाउनुभएको थियो।

    सरकारले चालु शैक्षिक सत्रमा सञ्चालन गर्ने विद्यालय म्यापिङ कार्यक्रममार्फत विद्यालयको भौतिक पूर्वाधारको वास्तविक अवस्था पहिचान गरी आवश्यकताका आधारमा पूर्वाधार निर्माणको योजना बनाउने जनाएको छ।

    विद्यालयका सामान्य मर्मतसम्भारका लागि स्थानीय तहबाट समेत बजेट विनियोजन गर्न आग्रह गरिएको छ। शिक्षाको विकासमा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारको साझेदारी आवश्यक रहेकोमा सरकारले जोड दिएको छ।

    आवश्यकताका आधारमा विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलानको कार्य निरन्तर भइरहेको जनाइएको छ। चालु आर्थिक वर्षमा विद्यालयका सबै पक्षको म्यापिङ गर्ने कार्यक्रम रहेको र त्यसबाट प्राप्त प्रतिवेदनका आधारमा कानुनबमोजिम शिक्षक–विद्यार्थी अनुपातअनुसार दरबन्दी मिलान गरिनेछ।

    विद्यालय म्यापिङको प्रतिवेदनका आधारमा शिक्षकको आवश्यकता, विद्यार्थी संख्या तथा विद्यालयको अवस्थालाई ध्यानमा राखी दरबन्दी व्यवस्थापन गर्ने सरकारको योजना रहेको छ।

    images
    मंगलवार, आश्विन ६ २०८३०५:४३:२९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार