Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाको जिम्मा लिने, विद्यालय पुनःस्थापनामा जुट्यो प्याब्सन नुवाकोट

भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाको जिम्मा लिने, विद्यालय पुनःस्थापनामा जुट्यो प्याब्सन नुवाकोट

  • 228
    SHARES

  • भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाको जिम्मा लिने, विद्यालय पुनःस्थापनामा जुट्यो प्याब्सन नुवाकोट

    नुवाकोट । प्याब्सन नुवाकोटले भोटेकोसी बाढीबाट प्रभावित विद्यार्थीको शैक्षिक निरन्तरता सुनिश्चित गर्नेदेखि क्षतिग्रस्त विद्यालयको पुनःस्थापनासम्मका विभिन्न निर्णय कार्यान्वयनमा ल्याएको छ।

    प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार बाढीबाट अभिभावक गुमाएका विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने, घरबारविहीन विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री उपलब्ध गराउने तथा प्रभावित निजी विद्यालयका शिक्षक–कर्मचारीलाई आवश्यकताअनुसार राहत उपलब्ध गराउने निर्णय गरिएको हो।

    बाढीका कारण पूर्णरूपमा क्षति भई तत्काल सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको विदुर नगरपालिका–१० स्थित उत्तरगया पब्लिक बोर्डिङ स्कुलका बाढी प्रभावित विद्यार्थीलाई प्याब्सन नुवाकोटले निःशुल्क पढाउने निर्णय गरेको छ। उक्त निर्णय कार्यान्वयनमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए।

    त्यस्तै, बाढीबाट पूर्णरूपमा क्षति भएका सदस्य विद्यालयको पुनःस्थापन अभियानअन्तर्गत विदुर नगरपालिका–१ स्थित त्रिशूली सामुदायिक बोर्डिङ स्कुल असोज १ गतेदेखि पुनःसञ्चालनमा आएको छ। विद्यालय पुनःसञ्चालनका लागि प्याब्सन नुवाकोटको पहलमा तत्काल आवश्यक व्यवस्थापनका लागि नगद, फर्निचर तथा कार्यालय सामग्री उपलब्ध गराइएको छ।

    विद्यालयको पुनःस्थापनामा प्याब्सन काठमाडौंले सहयोग गरेको छ भने होली गार्डेन स्कुलले सरसफाइ तथा औषधि उपलब्ध गराएको प्याब्सन नुवाकोटले जनाएको छ।

    प्याब्सन नुवाकोटले बाढीबाट प्रभावित विद्यालय सञ्चालक, शिक्षक तथा कर्मचारीका लागि थप राहत र पुनःस्थापनाका कार्यमा समेत सहयोग गर्ने जनाएको छ। अध्यक्ष अधिकारीले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयलाई पुनःसञ्चालनमा ल्याउन संगठनको तर्फबाट आवश्यक सहयोग जारी रहने बताए।

    images
    बुधवार, आश्विन ७ २०८३०८:१८:०४

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार