Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्याब्सनको २० करोड ८९ लाख सहयोग

भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्याब्सनको २० करोड ८९ लाख सहयोग

  • 402
    SHARES

  • भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्याब्सनको २० करोड ८९ लाख सहयोग

    काठमाडौं, ८ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले २० करोड ८९ लाख २ हजार ९७० रुपैयाँ सहयोग गरेको जनाएको छ ।

    प्याब्सनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि सङ्कलित र छुट्याइएको रकमबारे जानकारी दिएको हो ।

    प्याब्सनले विपद्को कठिन परिस्थितिमा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै २०८३ भदौ ११ गतेदेखि देशभरका सदस्य विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकबाट राहत रकम सङ्कलन अभियान सञ्चालन गरेको थियो ।

    प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीका अनुसार सङ्कलित रकममध्ये १२ करोड रुपैयाँ अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ । त्यस्तै, ३ करोड ३९ लाख २ हजार ९७० रुपैयाँ शिक्षामन्त्री सस्मिता पोखरेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ ।

    बाढी प्रभावित क्षेत्रमा पूर्ण क्षति भएका तीन तथा आंशिक क्षति भएका दुई विद्यालयको पुनःस्थापनाका लागि २ करोड रुपैयाँ छुट्याइएको प्याब्सनले जनाएको छ । साथै, प्याब्सनका सदस्य विद्यालयहरूले सिधै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको रकम ३ करोड ५० लाख रुपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

    प्याब्सनका अनुसार असोज ७ गतेसम्म सङ्कलित तथा राहत प्रयोजनका लागि छुट्याइएको रकम गरी अभियानअन्तर्गतको कुल सहयोग २० करोड ८९ लाख २ हजार ९७० रुपैयाँ पुगेको छ । उक्त सहयोग बाढी प्रभावित नागरिकको राहत तथा शैक्षिक संस्थाको पुनःस्थापनामा उपयोग गरिने जनाइएको छ ।

    images
    बिहिवार, आश्विन ८ २०८३०७:४८:०९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार