Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिनको एकदिने ‘टिचर वर्कसप’ : सयजना शिक्षकलाई गतिविधिमूलक सिकाइ प्रशिक्षण

डिनको एकदिने ‘टिचर वर्कसप’ : सयजना शिक्षकलाई गतिविधिमूलक सिकाइ प्रशिक्षण

  • 415
    SHARES

  • डिनको एकदिने ‘टिचर वर्कसप’ : सयजना शिक्षकलाई गतिविधिमूलक सिकाइ प्रशिक्षण

    काठमाडौं । डाइनामिक एजुकेसन एसोसिएसन नेपाल (डिन) ले पूर्वप्राथमिकदेखि कक्षा १ सम्म अध्यापन गर्ने शिक्षकका लागि एकदिने ‘टिचर वर्कसप’ आयोजना गरेको छ। काठमाडौंको तीनकुनेस्थित नासा इन्टरनेसनल कलेजमा आयोजित कार्यशालामा डिनसँग आबद्ध विभिन्न १२ विद्यालयका सयजना शिक्षक सहभागी भएका थिए।

    IMG-20260927-WA0007~2.jpg

    ‘Activity Based, Theme Based and Integrated Learning’ अर्थात् गतिविधिमा आधारित, विषयवस्तुमा आधारित तथा एकीकृत सिकाइमा केन्द्रित कार्यशालामा प्रारम्भिक तहका बालबालिकालाई प्रभावकारी र रुचिपूर्ण ढंगले सिकाउने विधिबारे शिक्षकलाई प्रशिक्षण दिइएको थियो। कार्यशालामा प्रशिक्षक प्रमिता गुरुङ र यज्ञराज अवस्थीले शिक्षकलाई विभिन्न गतिविधि तथा सिकाइ विधिबारे सहजीकरण गरेका थिए।

    IMG-20260927-WA0009.jpg

    कार्यक्रमका प्रमुख अतिथि नेपाल खुला विश्वविद्यालयका उपकुलपति एसोसिएट प्रोफेसर जीवन खड्काले प्रारम्भिक तहको शिक्षणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने धारणा राखे। उनले बालबालिकाको उमेर, रुचि र सिक्ने शैलीलाई ध्यानमा राखेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिए। प्रारम्भिक तहमा बालबालिकालाई केवल पुस्तक र पाठमा सीमित नराखी गतिविधि, अनुभव र व्यवहारसँग जोडेर सिकाउन सके सिकाइ थप प्रभावकारी बन्ने उनको भनाइ थियो।

    IMG-20260927-WA0005.jpg

    कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष तथा हिमालय स्कुल/कलेजकी निर्देशक संगिता सिलवाल ऐर, प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द थापा, डिनका प्रमुख सल्लाहकार सूर्यबहादुर भण्डारी, काठमाडौं महानगरपालिका प्याब्सन ईसीए इन्चार्ज राजकुमार बोगटी लगायतको उपस्थिति थियो।

    कार्यक्रमको सभापतित्व डिनका उपाध्यक्ष राजनकुमार श्रेष्ठले गरेका थिए भने सचिव महेश पराजुलीले सञ्चालन गरेका थिए। कार्यक्रममा शंखरापुर अध्यक्ष किशोर थापा, कोषाध्यक्ष कमल पाण्डे, डिन ईसीए संयोजक सरोज नेपाल तथा डिन सदस्य एवं प्रशिक्षण विभाग सचिव रवि भण्डारीलगायतको सहभागिता थियो।

    IMG-20260927-WA0000.jpg

    डिनले प्रारम्भिक तहमा कार्यरत शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्दै बालकेन्द्रित, व्यवहारिक र सहभागितामूलक शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरेको जनाएको छ। उक्त एकदिने शिक्षक कार्यशाला युरेका पब्लिकेसन्स र सफल पब्लिकेसन्सको सहकार्यमा आयोजना गरिएको थियो।

    IMG-20260927-WA0012.jpgIMG-20260927-WA0003.jpgIMG-20260927-WA0001.jpg

    images
    आइतवार, आश्विन ११ २०८३०९:०७:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार