बुधवार, श्रावण २० २०७८
शिक्षक सेवा आयोग का नबनियुक्त अध्यक्ष मधुप्रसाद रेग्मिले नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने तथा शिक्षक लाइसेन्स तत्काल खोल्ने जनकारी दिएका छन।
अध्यक्ष रेग्मिले आयोगको गरिमालाई ध्यान दिँदै शिक्षकको वृ´त्ति विकासमा जोड दिने, नयाँ शिक्षक नियुक्ति र बढुवाका काम अघि बढाउने, शिक्षकको लाइसेन्स परीक्षा तत्काल सञ्चालन गरेर आयोगको तयारी गरेका परीक्षार्थीमा उत्साह थप्ने काममा मेरो ध्यान केन्द्रित हुने बताएका हुन ।
अध्यक्ष रेग्मी भन्नुहुन्छ 'विश्वभरी फैलिरहेकाे काेभिड- १९ भाइरसकाे महामारीका कारणले आज मुलुककाे समग्र क्षेत्र दिन प्रतिदिन तहसनहस भइरहेकाे अवस्थामा शैक्षिक सत्र खेर जान नदिन सरकारले अहले देखि नै बिकल्पहरुबारे तयारी गर्नु जरुरी छ ।'
महामारीका कारण चालू शैक्षिक सत्रकाे आधा समयावधि वितिसक्दा सम्म पनि काेराेना भाइरस संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएकाे छैन र भविश्यका कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्र झनै प्रभावित भइरहेकाे छ। जसकाे परिणाम स्वरुप र विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने लाखाैं विद्यार्थीहरुकाे भवि`ष्य अन्याैल भइरहेकाे छ ।
अध्यक्ष रेग्मिले विद्यालय शिक्षा -विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत बैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अबलम्बन गर्ने बताउनुभयो ।
स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्वन्धित विद्यालयले सवै प्रविधिको पहुंच नभएका ,रेडियो/एफ.एम.मा पहुँच भएका ,टेलिभिजनमा पहुच भएका ,कम्प्युटर /मोबाइल भएका तर अनलाइन पहूंच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाई प्रणालीलाई प्र`भावका`रीताका साथ ब्यवस्थित गर्नुपर्ने छ र त्यो अनुसार तयारी गरिन्छ।
नवनियुक्त अध्यक्ष रेग्मिले शिक्षा मन्त्रालयले लागू गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजि´करण निर्देशिका ०७७ को ब्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरि त्यसलाई औपचारिक शैक्षिकसत्रको अंग वनाउने गरि तयारी अघि वढाउने जनाए ।
यसै सन्दर्भमा विद्यालय तहकाे पाठ्यक्रम र पाठ्यभारलाई परिमार्जन गरि पठनपाठनकाे शुरुवात गर्ने । काेराेना महमारी नियन्त्रण भयाे भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध बैकल्पिक सिकाइ प्रक्रियालाई अघि वढाउन जोड दिने जानकारी दिए ।
संस्थागत विद्यालयहरुकाे हकमा अनलाईन कक्षाहरुकाे शुल्क निर्धारण गरि कार्यन्वयन र अनुगमन गर्ने तर विद्यार्थीले नलिएका सुविधा र शिर्षकमा अनावश्यक शुल्क लिन नपाइने रेग्मिले बताए ।
कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको त्यसैगरी SEE ग्रेडिङ मापदण्ड स्थगित गरी गतवर्षकाे मापदण्ड अनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने जानकारी दिए ।