Oct 02 2026 | २०८३, आश्विन १६ गते

भोटेकोशी बाढीपीडितका लागि अपेनको ११ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि अपेनको ११ लाख ११ हजार सहयोग

  • 492
    SHARES

  • भोटेकोशी बाढीपीडितका लागि अपेनको ११ लाख ११ हजार सहयोग

    काठमाडौं । एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (अपेन)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

    IMG-20260929-WA0033.jpg

    भदौ १० गते आएको बाढीबाट प्रभावित समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अपेनले नेपालभर रहेका विभिन्न पूर्वप्राथमिक विद्यालयबाट सहयोग रकम संकलन गरेको जनाएको छ । पूर्वप्राथमिक तहमा शिक्षण गर्दै आएका विद्यालय तथा शैक्षिक संस्थाहरूलाई अभियानमा सहभागी गराउँदै एपेनले उक्त रकम जुटाएको हो ।

    अपेनका अनुसार संकलित ११ लाख ११ हजार १११ रुपैयाँ सोमबार शिक्षा, खेलकुद तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

    प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत तथा आगामी दिनमा पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको एपेनले जनाएको छ । संस्थाले पूर्वप्राथमिक विद्यालय तथा त्यससँग आबद्ध शिक्षाकर्मी र समुदायलाई सामाजिक उत्तरदायित्वका काममा जोड्दै सहयोग संकलन गरेको हो ।

    IMG-20260929-WA0048.jpg

    अपेनले शिक्षा केवल कक्षाकोठाभित्रको सिकाइमा सीमित नभई विद्यार्थीमा मानवीय संवेदना, सहयोग, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने माध्यमसमेत भएको उल्लेख गरेको छ । विपद्का समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउनु शिक्षासँग जोडिएको सामाजिक दायित्व भएको संस्थाको भनाइ छ ।

    बाढी तथा प्राकृतिक विपत्तिका कारण बालबालिकाको शिक्षा, पारिवारिक अवस्था र दैनिक जीवनसमेत प्रभावित हुने भएकाले राहतसँगै पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने आवश्यकता अपेनले औँल्याएको छ । विशेषगरी बालबालिकाको सिकाइ निरन्तरता, शैक्षिक सामग्रीको उपलब्धता र सुरक्षित सिकाइ वातावरण निर्माणलाई विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा लिइनुपर्ने संस्थाको धारणा छ ।

    अपेनले आगामी दिनमा पनि शिक्षा क्षेत्रसँग सम्बन्धित संस्था, विद्यालय तथा शिक्षाकर्मीलाई सामाजिक उत्तरदायित्वका गतिविधिमा जोड्दै लैजाने जनाएको छ । भोटेकोशी बाढी प्रभावितका लागि गरिएको सहयोगलाई संस्थाले मानवीय भावना, सामाजिक उत्तरदायित्व र शैक्षिक समुदायको सामूहिक ऐक्यबद्धताको उदाहरणका रूपमा प्रस्तुत गरेको छ ।

    images
    मंगलवार, आश्विन १३ २०८३०४:५७:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार