Jul 28 2026 | २०८३, श्रावण १२ गते

पर्दाफास: भाइलाइ पास गराउन आफैं प्रश्न बनाउने, आफैं जाँच्ने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्ति ।

पर्दाफास: भाइलाइ पास गराउन आफैं प्रश्न बनाउने, आफैं जाँच्ने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्ति ।

  • 1.0K
    SHARES

  • पर्दाफास: भाइलाइ पास गराउन आफैं प्रश्न बनाउने, आफैं जाँच्ने पूर्वसहसचिव शिक्षक सेवा आयोगमा नियुक्ति ।

    सहोदर भाइलाइ पास गराउन आफै प्रश्नपत्र बनाउने, आफै जाँच्ने र पास गराउने पुर्व सहसचिव हालै शिक्षक सेवा आयोगमा नियुक्ति भएका छन।

    परीक्षामा अनियमितता गरेको पुष्टि भएका शिक्षा सेवाका अवकाशप्राप्त सहसचिव डा. डिल्लीराम रिमाललाई सरकारले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको हो ।

    पुर्व प्रधानमन्त्री  केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा गत पुसमा भएको सिफारिशलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत मंगलबारको मन्त्रिपरिषद बैठकले कार्यान्वयन गरेको हो ।

    परीक्षामा अनियमितता गरेको आरोपमा अख्तियारले २०६३ साल कार्तिक १७ गते कारवाहीका लागि पत्राचार गर्ने निर्णय गरेको थियो

    अख्तियारले त्यतिबेला शिक्षक सेवा आयोगलाई ध्यानाकर्षण गर्दै पत्र पठाएको थियो भने अनुचित कार्य गरेको आरोपमा रिमाललाई पाँच वर्ष परीक्षा प्रक्रियामा संलग्न नगराउन प्रतिवन्धात्मक व्यवस्था गर्नू भनी पत्राचार गरेको थियो ।

    अक्तियार को प्रष्टोक्टीमा भनिएको छ " शिक्षक सेवा आयोगबाट प्रकाशित बि. नं. १ / ०६१ / ०६२ माध्यमिक तृतीय शिक्षक पदको विभिन्न बिषयको प्रश्नपत्र निर्माण, मोडरेसन, उत्तर पुस्तिका परिक्षण लगाएतका कार्यहरूमा एकै ब्यक्तिलाई संङ्लग्न गराइ आफन्तलाई उत्तीर्ण गराइ भ्रष्टाचार गर्ने कार्य गरेको भन्ने उजुरीका आधारमा निज डिल्लिराम रिमालले नै गरेको भनी पुष्टि हुन्छ।"

    यस्तो छ तत्कालीन अवस्थामा अख्तियारको प्रष्टोक्ति 

    Screenshot_20210805-104658_Facebook.jpg

    images
    बिहिवार, श्रावण २१ २०७८१०:५९:५०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार