Jul 27 2026 | २०८३, श्रावण ११ गते

शिक्षक महासंघद्वारा शिक्षा मानव स्रोत बिकास केन्द्रमा धार्ना : माग पूरा नभए लाखौ शिक्षक सडकमा आउने

शिक्षक महासंघद्वारा शिक्षा मानव स्रोत बिकास केन्द्रमा धार्ना : माग पूरा नभए लाखौ शिक्षक सडकमा आउने

  • 920
    SHARES

  • शिक्षक महासंघद्वारा शिक्षा मानव स्रोत बिकास केन्द्रमा धार्ना : माग पूरा नभए लाखौ शिक्षक सडकमा आउने

    नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    साउन २२- नेपाल शिक्षक महासङ्घले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिएका छन। नेपाल सरकार लाई बुझाएको ३४ बुदे माग पूरा गराउन धर्ना कार्यक्रम आयोजना गरिएको बताइएको छ।

    धर्ना कार्यक्रममा शिक्षक महासंघका महासचिव लक्ष्मिकिशोर सुबेधिले संबोधन गरेका थिए ! सुवेदीले सरकारले आफ्ना ३४ सुत्रीय माग पुरा नगरे लाखौं शिक्षक सडकमा आएर निर्णायक आन्दोलन गर्ने र अधिकारका लागि बालुटार समेत घेरोउ गर्न लाखौं शिक्षक सडकमा ल्याउने चेतावनी दिएका छन् ।

    महासचिव सुवेदीले शिक्षकहरुका माग अहिले सम्म जेजति सम्बोधन भएका छन् ती आन्दोलनबाटै प्राप्त भएको र अबका माग पनि पुरा गराएरै छाड्ने बताए । “हाम्रा माग जहिले सम्म पुरा हुँदैनन हामी निरन्तर आन्दोलनमा रहने छौं ।” उनले भने, “ माग पुरा गरेर मात्र अब सडकबाट फर्कने छौं ।”

    त्यस्तै महासंघका सहअध्यक्ष पुर्णप्रसाद दवाडीले देशै भरिका शिक्षकहरु आन्दोलित भएको र नेपाल सरकारसँग महासंघले बारम्बार शिक्षकलाई गरेको विभेदको अन्त्यका लागि, शिक्षा ऐन ल्याउन र उच्च स्तरीय प्रतिवेदन सार्वजनिक गर्नका लागि दबाब सिर्जना गरिरहेको बताए ।

    गत वैशाख २० गतेदेखि ३४ सुत्रीय माग राखी आन्दोलनमा उत्रिएको महासंघले सरकारले आफ्ना माग सम्बोधन नगरे बालुवाटार घेराउ गर्ने उद्घोषका साथ चौँथो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार महासंघका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका शिक्षकले केन्द्रमा घेराउ गरेका हुन् ।

    सङ्घीय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षक, हजारौ शिक्षक, शिक्षामा बजेट बढाउनु पर्ने लगायतका ३४ सुत्रीय माग राखी महासंघ आन्दोलनमा उत्रिएको छ । महासंघले विभिन्न चरणको आन्दोलनका कार्यक्रम पछि हरेक शुक्रबार विभिन्न निकायमा धर्ना दिँदै आएको छ । महासंघले अर्को शुक्रबार उपत्यकाका तीन जिल्ला, काभ्रे, धादि र नुवाकोटका एक् हजार शिक्षक कर्मचारीले प्रधानमन्त्रीको निवास अगाडिको सडकमा तीन घण्टा धर्ना दिने कार्यक्रम तय गरेको छ ।

     

    images
    शुक्रवार, श्रावण २२ २०७८०४:५२:१०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार