Oct 02 2026 | २०८३, आश्विन १६ गते

बिधालय शिक्षा !

कक्षा १२ को परिक्षा स्थगित : १५ दिनअघि अर्को सूचना निकालेर मिति तोकिने।

कक्षा १२ को परिक्षा स्थगित : १५ दिनअघि अर्को सूचना निकालेर मिति तोकिने।

  • 789
    SHARES

  • कक्षा १२ को परिक्षा स्थगित : १५ दिनअघि अर्को सूचना निकालेर मिति तोकिने।

    भक्तपुर - चौतर्फी दवाब पछि राष्ट्रिय परिक्षाबोर्डले कक्षा १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ। आज मध्यान्ह बसेको बोर्डको बैठकले १५ दिन अगाडि सुचना दिएर अर्को मिति तोकिने भन्दै यस्तो निर्णय गरेको हो।

    साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको भएपनि पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्दै गएको अवस्थालाई ध्यानमा राखी बोर्डले परीक्षा स्थगित गरेको हो

    यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिसिएमसी र शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय मार्फत राष्ट्रिय परिक्षा बोड लाई परिक्षा स्थगित गर्न सिफारिस गरेको थियो।

    मन्त्रालयले कोरोना संक्रमण दर बढ्न थालेपछि सबै परीक्षाहरू सार्न सिफारिस गरेको थियो। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड– १९ संक्रमण फैलिँदै गएको भन्दै शुक्रबार उक्त परीक्षा सार्न सिफारिस गरेको जनाएका थिए। हाल करिब ५ लाख विद्यार्थी परीक्षाको पर्खाइमा छन्।  

     

    images
    शनिवार, श्रावण २३ २०७८०३:०७:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार