Jul 27 2026 | २०८३, श्रावण ११ गते

कक्षा १० को (एसईई-२०७७) नतिजा सार्वजनिक : ४ लाख ८४ हजार २८७ उत्तीर्ण ।

कक्षा १० को (एसईई-२०७७) नतिजा सार्वजनिक : ४ लाख ८४ हजार २८७ उत्तीर्ण ।

  • 1.5K
    SHARES

  • कक्षा १० को (एसईई-२०७७) नतिजा सार्वजनिक : ४ लाख ८४ हजार २८७ उत्तीर्ण  ।

    राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा कक्षा १०को ,  एसईई नतिजा सार्वजनिक गरेको छ । आज मध्याह्न बसेको बोर्ड को बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    बोर्डका अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् । जसमध्ये ८ हजार ४ सय ४३ जना विद्यार्थीले चार जिपिए (4 GPA) ल्याइएको बताइएको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो शिक्षा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय र कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आगामी परीक्षाहरू स्थगित गर्न सिफारिस गरेपछि कक्षा १२ को परीक्षा स्थगित गर्न बसेको बोर्डको आजको बैठकले एसईईको नतिजा समेत सार्वजनिक गरेको छ ।

    नतिजाको विस्तृत विवरण आउन भने केही समय लाग्ने जनाइएको छ। परीक्षा नियन्त्रक रुद्र अधिकारका अनुसार शिक्षा विकास तथा समन्वय एकाइले बोर्डमा पठाएको प्राप्तांक विवरणलाई प्रमाणीकरण गरेर नतिजा सार्वजनिक गरिएको हो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।

    यसरी हेर्न सकिन्छ नतिजा :

     

    FB_IMG_1628318213670.jpg

    images
    शनिवार, श्रावण २३ २०७८०३:२५:१९

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार